Comments Add Comment

दुर्गा, सितदेवी, भुम्रेले र शंकर सरस्वती सेमी-फाइनलमा

नेपालमा सबैभन्दा ठूलो आधारभूत तहको यू १६ फुटबल प्रतियोगिता

६ मंसिर, काठमाडौं । कोका कोला नेपाल अखिल नेपाल फुटबल संघ -एन्फा) तथा युवा तथा खेलकुद मन्त्रालयले संयुक्त रुपमा आयोजना गर्ने गरेको ‘कोका कोला कप २०७४’ को राष्ट्रिय तह सुरु भएको छ । विद्यालय स्तरीय आधारभूत तहको देशकै सबैभन्दा ठूलो प्रतियोगिता हो ।

यसका अतिरिक्त, एन्फासँग आबद्ध ४३ जिल्लाहरुमा प्रतियोगिता खेलिएको थियो , जसमा हरेक जिल्लाबाट ३५ भन्दा बढि विद्यालयहरु सहभागी भएका थिए । यति धेरै संख्यामा छात्र र छात्रा खेलाडिको सहभागिता रहने यो नेपालकै सबै भन्दा बृहत प्रतियोगिता हो ।

कोका कोला कप नेपाली युवाहरुलाई फुटबलमा आफ्नो प्रतिभा प्रस्तुत गर्ने तथा आफ्नो क्षमतालाई बिकास गर्ने अवसर प्रदान गर्ने संरचना हो । यो वर्षको प्रतियोगिता जिल्ला तह, क्षेत्रिय तह र केन्दि्रय तह गरि तीन तहमा वर्गिकरण गरिको थियो ।

जिल्ला तहका खेलहरु क्रमशः ४३ जिल्लाहरुमा ०७४ असार २३ गते देखि श्रावण १३ गते सम्म आयोजना भएको थियो, क्षेत्रीय तहको प्रतियोगिताहरु ५ क्षेत्रहरुमा ६ वटा स्थानमा क्रमशः ०७४ श्रावण २९ गते देखि भदौ ९ गतेसम्म संचालन भएको थियो, त्यसैगरि राष्ट्रिय तहका खेलहरु काठमाडौंमा सुरु भएको छ ।

आज सम्पन्न भएको एन्फा कम्प्लेक्स खेल मैदानको प्रतियोगितामा अमर स्कुल (काठमाडौं), दुर्गा स्कुल -रौतहट) र श्री आदर्श स्कुल (सुनसरी) विजयी भएका छन् । पहिलो खेल अमर स्कुल-काठमाडौं)ले नेपालय स्कुल (काठमाडौं)लाई ३-१ ले पराजित गर्यो ।

विजयी टिमबाट रेनुका तामांग (१) स्वकृती अधिकारी (१) र रश्मि श्रेष्ठ (१) गोल गरे भने नेपालय स्कुलबाट अमिषा कार्कीलेे १ गोल गरिन । त्यसैगरी दोस्रो प्रतिस्पर्धामा श्री दुर्गा स्कुल -रौतहट)ले ब्राइट फयूचर स्कुल (काठमाडौं)लाई ७-०ले पराजित गर्यो, जसमा रश्मि कुमारी घिसिङ्ग एक्लैले ५ गोल गरिन भने निकिता थोकर र सबिता राना मगर ले १-१ गोल गरे ।

त्यसैगरी अन्तिम खेलमा श्री आदर्श स्कुल -सुनसरी)ले छहारी शिक्षा सदन -काठमाडौं)लाइ ६-०ले पराजित गर्यो । विजयी टिमकालागि करुणा राई (१), सुजा मगर (२), सुष्मा मगर राइ (१), जीना बिष्ट (१) र मनिष बिष्ट (१) ले गोल गर्न सफल भए । यसका साथै दुर्गा स्कुल (रौतहट), सित देवी शारदा स्कुल -सिन्धुपाल्चोक), भुम्रे स्कुल (स्यांग्जा) र शंकर सरस्वति स्कुल (कैलाली) ६ गते एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुने सेमी फाएनलमा पुग्न सफल भएका छन् ।

वि.सं. २०६३ सालदेखि शुरु भएको प्रतियोगिताले एन्फाद्धारा संचालन गरिनेे विशेष तालिम कार्यक्रमका लागि सहभागी छान्ने अवसर पनि प्रदान गर्दछ । कार्यक्रमको एक भागको रुपमा, एन्फाका निरिक्षकहरुले प्रत्येक खेलको अवलोकन गर्ने र एन्फा फुटबल एकाडेमीमा तालिमका लागि उत्कृष्ट खेलाडीहरु छनौट गर्दछन्, जहाँ छनौट गरिएका खेलाडिहरुले नेपालका उत्कृष्ट प्रशिक्षकहरु सँग तालिम लिने अवसर प्राप्त गर्दछन् । एन्फाद्वारा आमन्त्रित विशेषज्ञहरुले ती छनौट गरिएका खेलाडीलाई खान पान र शारीरिक व्यायाम सम्बन्धी तालिम पनि दिईन्छ ।

बिगतमा, कोका कोला कपले नेपालको सशक्त राष्ट्रिय टोली निर्माण गर्न नयाँ प्रतिभा छनौट गर्न सहयोग गरेको छ । राष्ट्रिय खेलाडीहरु जस्तै विशाल राई, विकेस कुथु, रविन श्रेष्ठ, हेमन गुरुङ्ग, बिमल घर्तिमगर, आदित्य चौधरी, अनन्त तामाङ र अन्जन बिष्ट बिगतमा कोका कोला कपमा उत्कृष्ट प्रदर्शन गरेरै छनौट कर्ताको आँखामा परेका हुन् ।

एन्फाद्धारा निर्देशनबाट प्राप्त हुने अलग्गै अवसर बाहेक, टोलीहरु तथा उत्कृष्ट व्यक्तिगत प्रदर्शन गर्नेहरुलाई प्रदान गरिने नगद पुरस्कारहरु पनि घोषणा गरिएको छ ।

छात्र तथा छात्राहरु दूबै समूहका बिजेताहरुले रु.३,००,००० प्राप्त गर्नेछन् भने पहिलो तथा दोस्रोे रनर-अपले क्रमशः रु. १,०००००, तथा रु. ५०,००० प्राप्त गर्नेछन् । व्यक्तिगत बिधातर्फ उत्कृष्ट गोलकिपर, उत्कृष्ट रक्षक, उत्कृष्ट मिडफिल्डर तथा उत्कृष्ट फरवार्डरलाई पनि पुरस्कृत गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment