Comments Add Comment

चुनावका कारण रोकियो नयाँ लाइसेन्सको वितरण


६ मंसिर, काठमाडौं । सरकारले नयाँ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण र वर्ग थपको प्रक्रिया अनिश्चितकालका लागि स्थगित गरेको छ । यातायात व्यवस्था विभागले नजिकिएको प्रतिनिधि तथा प्रदेशसभाको चुनावका कारण ट्रायल लिएर वितरण गर्नुपर्ने लाइसेन्स रोकेको हो ।

ट्राफिक प्रहरी र कर्मचारीहरु चुनावका लागि जिल्ला-जिल्लामा खटिएपछि लाइसेन्सको वितरण रोकिएको एकान्तकुनास्थित लाइसेन्स कार्यालयका प्रमुख तेजनारायण यादवले जानकारी दिए ।

‘ट्राफिक प्हरीविना लाइसेन्सको ट्रायल हुँदैन । उहाँहरु चुनावका लागि जिल्लामा खटिनुभएपछि लाइसेन्स वितरण अर्को सूचना नआएसम्मका लागि बन्द गरेका छौं,’ यादवले भने ।

अहिले काठमाडौंका सबै लाइसेन्स कार्यालयमा नयाँ लाइसेन्स र वर्ग थपको काम रोकिएकोहो । लाइसेन्सको नवीकरण भने रोकिएको छैन ।

कार्यालयहरुले चुनाव सकिएलगत्तै फेरि सेवा सुचारु गर्ने बताएका छन् । तर, चुनाव लगत्तै देश प्रदेशको संरचनामा जाने भएकाले लाइसेन्सको वितरणमा केही अन्योल हुने देखिएको छ ।

संविधानमा लाइसेन्सको वितरण स्थानीय तहबाट नै हुने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment