Comments Add Comment

बैंक अफ काठमाण्डुको सस्थांपक सेयर लिलाम बढाबढमा बिक्री हुने


६ मंसिर, काठमाडौं । नेपाल धितोपत्र बोर्डले बैंक अफ काठमाण्डुलाई बैंकको ६१ लाख ५८ हजर ६७ कित्ता सस्थांपक शेयर लिलाम बढाबढ गरी सर्वसाधारणलाई बिक्री गर्ने अनुमति प्रदान गरेको छ ।

नबिल इन्भेस्टमेन्ट बैंकिङद्वारा सेयर बिक्रीको व्यवस्था मिलाइएको छ । यस सम्बन्धी सार्वजनिक सूचना छिट्टै प्रकाशित गरिने बैंकले जानकारी गराएको छ ।

गत आर्थिक वर्ष २०७३/७४ मा बैंकको कूल निक्षेप रु. ७२.१३ अर्ब रहेको छ भने कूलकर्जा रु.६२.५४ अर्ब रहेका छ ।

र, बैंकको खुदनाफा रु.१.२४ अर्ब छ । हाल बैंकले ७५ शाखा, ६६ एटीएम र ७ वटा एक्सटेन्शन काउन्टरबाट ग्राहकवर्गहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment