Comments Add Comment

टीकापुरमा बम बनाउन प्रयोग हुने पाउडरसहित २ जना पक्राउ

६ मंसिर, टीकापुर । कैलालीको टीकापुरबाट बम बनाउन प्रयोग हुने साढे १२ केजी पाउडरसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका–१ का जीतबहादुर घर्तीमगर र टीकापुर–१ का लक्ष्मण क्षत्री छन् ।

बर्दियाबाट कैलाली भित्रिँदै गरेको बम बनाउन प्रयोग हुने सामग्रीसहित उनीहरुलाई सत्ती प्रहरी चौकीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्याल्य, कैलालीका प्रमुख विनोद घिमिरेका अनुसार उनीहरुको विषयमा थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment