+
+

५ वर्षमा हजार मेेगावाट बिजुली निकाल्ने बुटवल पावरको घोषणा, ३ खर्बसम्म लगानी गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर ६ गते १८:४४


६ मंसिर, काठमाडौं । बुटवल पावर कम्पनी (बीपीसी)ले चीनका ३ वटा कम्पनीसँगको साझेदारीमा १ हजार मेगावाट विजुली उत्पादन गर्ने घोषणा गरेको छ । त्यसका लागि ५ वर्षभित्र २ देखि ३ खर्बसम्म लगानी गर्ने जानकारी कम्पनीले दिएको छ ।

चीनको सिचुवान प्रोभिन्सल इन्भेस्टमन्ट ग्रुप, चेङ्दु सिंचेन इन्भेस्टमेन्ट ग्रुप र छिमयुआन इन्जिनियरिङ कन्सल्टेन्सी लिमिटेसँग साझेदारीको घोषणा गरेको हो ।

शुक्रबार राजधानीमा एक विषेश समारोहका बीच बुटवल पावर कम्पनीसहित चार कम्पनीले पहिलो प्रोजेक्टका रुपमा १०० मेगावाटको तल्लो मस्र्याङ्दी जलविद्युत आयोजना बनाउने घोषणा गरेका छन् ।

अबको ५ वर्षमा चार कम्पनीहरुले २ देखि ३ अर्ब अमेरिकी डलर खर्चेर एक हजार मेगावाट विजुलीको उत्पादन गर्ने लक्ष्य लिएको बताएका छन् ।

चीनका सबै लगानीकर्ता कम्पनीहरु स्थानीय क्षत्रेमा जलविद्युत क्षत्रेमा निकै सफल कम्पनी भएको जानकारी बुटवल पावर कम्पनीका पद्म ज्योतिले जानकारी दिए ।

०२० सालमा स्थापित बुटवल पावर कम्पनीले भने अहिले ३७.६ मेगावाटको ‘कावेली ए’ र ३० मेगावाटको न्यादी हाइड्रो पावर निर्माण गरिरहरेको छ । कम्पनीले १२ मेगावाटको झिमरुक र ९.४ मेगावाटको आधिखोला हाइड्रोपावर सञ्चालन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?