Comments Add Comment

रेसुङ्गामा सेनाले पुर्‍यायो ट्रान्सफरमर

६ मंसिर, गुल्मी । नेपाली सेनाको वीरभद्रजंग गुल्मले जिल्लाको रेसुङ्गामा विद्युतीय ट्रान्फरमर पुर्‍याएको छ ।

बिग्रिएको ट्रान्सफरमर मर्मत गरेपछि पुर्‍याउने अरु विकल्प नभएपछि नेपाली सेनाले रेसुङ्गामा पुर्‍याएको हो ।

लामो समयसम्म बिग्रएको बिद्युतीय ट्रान्सफमर पुनः मर्मतपछि सेनाले बोकेरै रेसुङगा पुर्‍याएको वीरभद्रजंग गुल्मका गुल्मपति गोकर्ण देवकोटाले जानकारी दिए ।

सेनाका २५ जना जवानले करिब ६ सय किलोको बिद्युतीय ट्रान्सफमर रेसुङ्गा पोखरीमा पुर्याएको थियो । उक्त ट्रान्सफमर जडान पश्चात रेसुङ्गा, पराल्मी, डाडापोखरी लगायतका वासिन्दाहरु बिद्युत सेवा सञ्चालनमा आएको छ ।

यस्तै धार्मिक स्थल रेसुङ्गामा केही महिना अघि सशस्त्र प्रहरी बल गुल्मका गुल्मपति दिगबिजय सुबेदीले करिब ६० हजार बरावरको यात्रुहरुको लागि फलामको बेन्च सहयोग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment