Comments Add Comment

घोडाबाट लडेर घाइते भइन् कंगना


छायांकन भैरहेको चलचित्र ‘मणिकर्णिका’को सेटमा नायिका कंगना रनावत घाइते भएकी छिन् । चलचित्रको छायांकनमा व्यस्त कंगना रनौत घोडाबाट लडेर घाइते भएकी छिन् । घोडाबाट झ्यालमा जम्प गर्नुपर्ने दृष्यमा अभिनय गर्ने क्रममा उनी लडेर घाइते भएकी थिइन् ।

उनले केही दिन अब ह्वील चेयरको सहारामा मात्रै हिडडुल गर्नुपर्ने भारतीय मिडियाले जनाएको छ । उनी दुर्घटनामा परे लगत्तै उपचारको लागि गोयल अस्पताल लगिएको थियो । उनको उपचारमा संलग्न डक्टरका अनुसार कंगनाले केही दिन आराम गर्नुपर्ने छ । कंगना घाइते भएपछि चलचित्रको छायांकन प्रभावित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment