Comments Add Comment

झरनासँग अष्ट्रेलिया उडिन् साम्राज्ञी, १० लाख पारिश्रमिकको प्रश्नमा किन मौन ?


नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अष्ट्रेलिया उडेकी छिन् । निर्देशक झरना थापासँग उनी चलचित्र ‘ए मेरो हजुर २’को प्रदर्शनका लागि अष्ट्रेलिया उडेकी हुन् । वुधबार बेलुकी अष्ट्रेलिया उड्नु अगाडि उनले संचारमाध्यममा आएका विभिन्न खबरहरुको जवाफ दिने कोशिश गरिन् । त्रिभुवन विमानस्थलमा पुगेका संचारकर्मीसँग कुराकानी गर्दै उनले पहिलो पटक विदेश यात्राको अनुवभ पनि सुनाइन् ।

चलचित्र ‘कायरा’मा १० लाख पारिश्रमिक लिएको बिषयमा भने साम्राज्ञी मौन बसिन् । उनले, ‘आर्यन दाइले यसबारेमा केही भन्नु भएको छ ?’ भन्दै पत्रकारसँग उल्टै प्रश्न गरिन् ।

चलचित्र बजारमा आर्यनसँग काम गर्नका लागि साम्राज्ञीले १० लाख पारिश्रमिक लिएको चर्चा छ । नायिका भने यो बिषयमा मौन छिन् । यस्तै, नायक प्रदिप खड्कासँग चलचित्र ‘भैरवी’मा काम गर्न लागेको बिषयमा भने नायिकाले मुख खोलिन् । उनले भनिन्-‘मैले अहिलेसम्म यो चलचित्रका लागि संझौता गरिसकेको छैन ।’

नायिका झरना थापाले अष्ट्रेलियामा चलचित्रको शोमा उपस्थित हुन पाउँदा खुशी लागेको बताइन् । नायिका साम्राज्ञीले आफूलाई घरको याद धेरै आउने बताइन् । नोभेम्बर २५ मा अष्ट्रेलियामा यो चलचित्रको शो हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment