Comments Add Comment

सेवाको नाममा ठगिरहेका हुन् त गुगलजस्ता कम्पनीले ?

अहिलेको डिजिटल युगमा जब सूचना शक्ति हो भने के गुगललाई अहिले दुनियाको सबैभन्दा शक्तिशाली कम्पनी भन्न सकिएला ?

हो, वास्तवमा गुगलसँग विश्वमा अरु कुनैपनि कम्पनीसँग भन्दा धेरै जानकारीहरु छन् र त्यस्ता जानकारीहरुलाई उसले डिजिटलाइज गरेको छ, विश्लेषण गरेको छ र पेश गरेको छ ।

सायद तपाइँको बारेमा तपाइँ आफूलाई जति थाहा छ त्यसपछि अरु दोश्रो व्यक्तिलाई भन्दा गुगललाई धेरै जानकारी हुनसक्छ । तपाइँको घरमा कुकुर छ कि छैन ? भन्ने कुरा सायद सरकारलाई थाहा नहोला, तर गुगलले थाहा पाउँछ ।

यद्यपि शक्तिसँगै जोडिएर जिम्मेवारी पनि आउँछ । शक्तिशालीसँग अरु सबैको अपेक्षा हुन्छ कि उसले आफ्नो शक्तिको प्रयोग समाजको भलाईका लागि गरोस् ।

तर के गुगल, एप्पल, फेसबुक तथा अमेजन जस्ता ठूलो प्रविधि कम्पनीहरु यो मामिलामा खरो उत्रिन सकेका छन् त ?

डिजिटल ग्यारेज – समाज सेवा कि स्वार्थसिद्धि ?

म गुगलका प्रमुख वित्तीय अधिकृत रुथ पोराटसँग भेट गर्न बेलायतको म्यानचेष्टर गएको थिएँ, जहाँ उनले डिजिटल ग्यारेज खोल्दै थिए ।

शहरको बीचमा बनेको डिजिटल ग्यारेमा मानिसहरुलाई बायोडाटा बनाउने, स्प्रेडशिटको प्रयोग गर्ने, वा कुनै व्यापारका लागि अनलाइन मार्केटिङ गर्ने योजना बनाउने जस्ता डिजिटल कौशल सिकाइन्छ । त्यो पनि निशुल्क रुपमा ।

रुथ भन्छन्, ‘हामी चाहन्छौँ कि हरेक उमेरका व्यक्तिले डिजिटल युगमा प्राप्त मौकाहरुको भरपूर फाइदा उठाउन सकून् । विश्वको ५० प्रतिशत जनसंख्या आजपनि इन्टरनेटको प्रयोग गर्दैन । बेलायतमा ७५ प्रतिशत कारोबारीहरुको गुनासो एउटै छ, त्यो के भने उनीहरुलाई डिजिटल क्षमतायुक्त कर्मचारी पाउन गाह्रो छ । हामी यस्तोमा उनीहरुलाई सहयोग गर्न चाहन्छौँ ।’

रुथको यो सोचको प्रशंशा नहुने कुरा भएन । ग्रेटर म्यनचेष्टरका मेयर एन्डी बर्नहेम पनि यो विचारसँग सहमत छन् । डिजिटल इकोनोमी बनाउने गुगलको प्रयासको उनले प्रसंसा गे । तर यसमा केही स्वार्थ पनि लुकेको छ ।

आफ्ना उत्पादनको प्रचार

इन्टरनेटमा आफ्नो व्यापारको प्रचार कसरी गर्ने ? डिजिटल ग्यारेजमा रहेको तालिम पुस्तिकामा यो खण्डमा प्रष्ट रुपमा गुगल विज्ञापनको प्रयोग गर्ने विषयमा जानकारी प्रस्तुत गरिएको छ । वास्तवमा गुगलले कम्पनीहरुसँग रकम लिएर उनीहरुका जानकारीहरु गुगल सर्चमा देखाइदिन्छ ।

कुनैप्नि कम्पनीका लागि आफ्नो उत्पादनको प्रचार गर्नु स्वभाविकै हो । जब प्रचारको माध्यम खोजिरहेको कम्पनीसँग त्यस्तो प्लाटर्फम उपलब्ध हुन्छ जसमा पूरै विश्वभरका मानिसहरु अनेक जानकारी खोजिरहेका हुन्छन्, तब यो सामान्य कुरा बाध्यता बनिदिन्छ । जब तपाइँले आफुले किन्न चाहेको कुनैपनि चिजका बारेमा गुगलमा जानकारी खोज्नुहुन्छ तब सर्च पेजमा सबैभन्दा माथि मूल्यको तुलना गर्ने विज्ञापन आउँदछ । यो तुलना गुगलले नै गर्दछ ।

गुगलमाथि आरोप के लाग्ने गरेको छ भने उसको यस्तो तुलनाबाट ग्राहकको विचारमा असर पर्दछ । गुगलले जे देखाउन चाहेको हुन्छ त्यो सबैभन्दा पहिले तथा माथि देखा पर्दछ र गुगलको प्राथमिकतामा नपरेका वा गुगललाई पैसा तिरेर विज्ञापन नगरेका कम्पनीहरुको जानकारी तल पर्दछ । गुगलको यहीँ विभेदकारी कार्यका कारण ऊमाथि युरोपेली युनियनले २ अर्ब ४० करोड युरो जरिवाना समेत लगाइसकेको छ । जसको विरुद्धमा गुगलले अपिल गरिसकेको छ ।

कर छल्ने काइदा

हाम्रो जिउने तथा काम गर्ने तरिकामा बदलाव ल्याउने प्रविधि बनाउने र बढाउने मामिलामा गुगल तथा उसको मातृ कम्पनी अल्फाबेटको ठूलो भूमिका छ । आर्टिफिसियल इन्टेलिजेन्स तथा रोबोटिक्सबाट विश्वले ठूलो फाइदा उठाउनेवाला छ तर यसबाट असंख्य मानिसहरु बेरोजगार हुनेछन् ।

परिवर्तनको मार्गमा प्रविधि क्षेत्रका अन्य ठूला कम्पनीहरुले पनि आ आफ्नो क्षेत्रबाट भूमिका खेलिरहेका छन् । अमेजनले खुद्रा व्यापारको मुहार नै बदलिदिएको छ । त्यस्तै उबरले ट्याक्सीको व्यवसायमा कायापलट गरिदिएको छ । तर यी कम्पनीहरुमाथि कर छलेको आरोप लाग्ने गरेको छ ।

हालै लिक भएको प्याराडाइज पेपरबाट यो तथ्यको खुलासा भएको छ । एप्पल जस्ता केही ठूला कम्पनीहरुले आफ्नो आम्दानीको ठूलो हिस्सा कर छल्नका लागि दुनियाका कर कम लाग्ने देशहरुमा लगेर थुपारेको पाइएको छ । त्यस्तै गुगलले अमेरिका बाहेकका देशबाट गरेको कमाई बर्मुडामा लगेर राख्ने गर्दछ । जहाँ कर्पोरेशन करको दर शून्य छ ।

नाफाको रकम कर नलाग्ने ठाउँमा !

रुथ पोराट चाहीँ यसो गर्नुलाई कुनै गल्ती ठान्दैनन् । उनी भन्छन्, ‘यो नियम हामीले बनाएका होइनौँ । हामीले त केवल यसको पालना गरिरहेका छौँ । यदि अन्तराष्ट्रिय स्तरमा करको नियममा कुनै परिवर्तन हुन्छ भने हामी त्यसलाई स्वागत गरी पालना गर्दछौँ ।’

उनी भन्छन्, ‘हामीले समुदायको सेवा गरिरहेका छौँ भन्ने लाग्छ । डिजिटल ग्यारेज पनि यस्तै एउटा कदम हो । हामीले साना ठूला व्यवसायलाई अघि बढ्न सहयोग गर्दछौँ, जसबाट मानिसहरु रोजगार बन्दछन् र आर्थिक विकास पनि हुन्छ । हामीलाई हाम्रो कामप्रति गर्व छ ।हामीलाई हाम्रो कामप्रति गर्व छ ।’

कम्पनीहरु कानूनले तोकेको भन्दा एक रति पनि धेरै कर तिर्न चाहँदैनन् । युरोपेली अधिकारीहरु तथा नेताहरु भने कम्पनीहरुको यस्तो रवैयाप्रति असन्तुष्ट छन् ।

फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोनले यसै सन्दर्भमा हालै निकै कडा प्रतिक्रिया दिँदै प्रविधि कम्पनीहरुलाई आधुनिक समाजका ठग भनेका छन् ।

तर प्रविधि कम्पनीहरुलाई थाहा छ की उनीहरुका ग्राहक बफादार छन् । त्यसैले आफुहरुले कुनै गल्ती गरेको जस्तो लाग्दैन उनीहरुलाई ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment