Comments Add Comment

भगौडा सेनाको पेटमा किरै किरा, डाक्टरहरु आश्चर्यमा

भागेर दक्षिण कोरिया छिर्न सफल भएका उत्तर कोरियाली भगौडा सैनिकको पेटमा ठूलो संख्यामा किराहरु फेला परेपछि डाक्टरहरु हैरान भएका छन् ।

सोमबार सीमाक्षेत्रबाट भाग्दै दक्षिण कोरिया छिरेका ती घाइते सैनिकको अस्पतालमा उपचारको क्रममा उनको पेटभित्र अनौठा खालका परजिवीहरु ठूलो परिमाणमा फेला परेका हुन् ।

पेटमा भएका किराहरुका कारण ती सैनिकको जिउमा लागेका गोलीका घाउहरु निको हुनपनि समस्या भएको बताइएको छ ।

डाक्टरहरुले ती भगौडा सैनिकको पेटभित्र अहिलेसम्मै कहिल्यै नदेखिएका परजिवीहरु पाइएको बताएका छन् । सैनिकको पेटभित्र पाइएको किरामध्ये सबैभन्दा लामो किरा २७ सेन्टिमिटरको रहेको छ ।

ती सैनिकको पेटभित्र पाइएका कतिपय परजिवीहरु चिकित्सा विज्ञानमै नयाँ परजिवी हुनसक्ने दक्षिण कोरियाली डाक्टरहरुले जनाएका छन् ।

दक्षिण कोरियाली डाक्टरहरुका अनुसार उत्तर कोरियाबाट भागेर दक्षिण कोरिया आउन सफल भएका धेरैजसो मानिसहरुको जिउमा विभिन्न खाले रोगहरु हुने गरेका छन् ।
केही समय पहिले यसैगरी भागेर आएकी एकजना उत्तर कोरियाली महिलाको पेटमा ३० प्रकारका जुका पाइएका थिए ।

एजेन्सी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment