Comments Add Comment

एनबी इन्स्योरेन्स अबबाट आइएमइ जनरल, ८० प्रतिशत हकप्रद सहित बोनसपनि


७ मंसिर, काठमाडौं । एनबी इन्स्योरेन्स कम्पनीको नामबाट सञ्चालनमा रहँदै आएको निर्जीवन बीमा कम्पनी अबबाट आइएमइ जनरल इन्स्योरेन्सको नामबाट सञ्चालनमा आउने भएको हो ।

‘हामीले करिब अढाई बर्ष अघि लगानी गरेको एनबी इन्स्योरेन्स नाम परिवर्तनसँगै अबबाट नयाँ रफ्तारमा अगाडी बढ्नेछ,’ कम्पनीका अध्यक्ष हेमराज ढकालले भने । कम्पनीले चालु आवमा १ अर्ब २० करोड रुपैयाँ प्रिमियिम शुल्क संकलन गर्ने लक्ष्य लिएको छ । हाल कम्पनीले ३० करोड संकलन गरिसकेको छ ।

२५ वटा शाखा रहेको कम्पनीले १८ वटा थप शाखा विस्तार गर्ने भएको छ । कम्पनीले बीमा समितिबाट यसको अनुमति पाइसकेको छ । कम्पनीले चालु आवमा २० करोड रुपैयाँ खुद नाफा गर्ने लक्ष्य लिएको छ । आइएमइ समूह प्रवेश गनुअघि कम्पनी २० करोडभन्दा बढि नोक्सानमा रहेको थियो । गत आवमा कम्पनीले २ करोड ५५ लाख खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीले ३ सय ६५ दिननै सेवा सञ्चालनमा ल्याउने बताएको छ । ८० प्रतिशत हकप्रद सेयर दिने प्रक्रियामा कम्पनी रहेको छ । हाल ५४ करोड चुक्ता पूँजी रहेको कम्पनीले यसपछि पूँजी ९७ करोड २० लाख रुपैयाँ पुर्याउने भएको हो । कम्पनीले चालु आव अनत्यमा ५ प्रतिशत बोनस सेयर दिएपछि बीमा समितिले तोकेको पूँजी लक्ष्य पुरा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment