Comments Add Comment

एनसेलले आयोजना गर्‍यो ‘डिजिटल ज्याम’

कर्मचारीको डिजिटल प्रतिभालाई निखार्दै ग्राहक सेवालाई थपउत्कृष्ट बनाउने प्रतिबद्धता

७ मंसिर, काठमाडौं । एनसेल प्राइभेट लिमिटेड (‘एनसेल’वा ‘कम्पनी’) ले आफ्ना सबै कर्मचारीहरुमा डिजिटल प्रतिभाको विकास गर्दै कम्पनीका सेवालाई थप परिस्कृत तथा सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउने उद्देश्य लिई बिहिवार ‘डिजिटल ज्याम’कार्यक्रम आयोजना गरेको छ ।

उक्त एक दिवसीय कार्यक्रममा एनसेलका सबै कर्मचारीले अनलाइन र अफलाइन माध्यमबाट सिक्दै डिजिटल मानसिकताको विकास र कामगर्ने नयाँ तरिकाका बारेमा परीक्षण गरे।

साथै कसरी ग्राहकको आवश्यकताअनुसार नविन सेवा तथा आकर्षक ग्राहक संलग्नताका प्रयासलाई थप तदारुकताका साथ संचालन गर्ने भन्ने विषयमा विभिन्न गतिविधिमा सहभागी भई डिजिटल टुल्सहरुको प्रयोग गर्दै मोबाइल एप, च्याटबट र वेबसाइट लगायतका विभिन्न सोलुसन्सहरू बनाएका थिए ।

डिजिटल प्रतिभाको रुपान्तरणलाई अझ तदारुकताका साथ अघि बढाउने आजिआटा गु्रपको पहलअन्तर्गत एनसेलले डिजिटल ज्याम कार्यक्रमको आयोजना गरेको हो । आजिआटा गु्रपको दक्षिण(पूर्वी एसियार दक्षिण एसियाका मुलुकहरुमा रहेका ६ वटा कम्पनीहरु एनसेल (नेपाल), रोबी (बङ्गलादेश), डायलग (श्रीलंका), सेलकम (मलेसिया), स्मार्ट (क्याम्बोडिया) र एक्सएल (इण्डोनेसिया) मा एकै साथ संचालन गरिएको यो कार्यक्रम एसियाकै सबैभन्दा ठूलोे कर्मचारी लक्षित अनलाइन एक्टिभेसन कार्यक्रमहो । यसमा आजिआटा गु्रपअन्तर्गतका १२,००० कर्मचारीको सहभागिता रहेको थियो ।

”कनेक्टिभिटी र कम्युनिकेसन्स्ले यो विश्वद्रुत गतिमा परिवर्तन भइरहेको छ र दूरसञ्चार क्षेत्रका लागि नयाँ तरिका अवलम्बनगर्दै ग्राहकसँग निरन्तर आबद्ध रहनु, नयाँ सोलुसन्सको विकास गर्नु र नवीन सोचाइका साथ सेवाहरुको सिर्जना गर्दै ग्राहकको जीवन सुधार्न सिक्नुबाहेक अरु कुनै विकल्प छैन,” आजियाटा ग्रुपका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत जमालुद्दिन इब्राहिमले भने ।

”मलेसिया होस् वा नेपाल, हाम्रा सबै कम्पनीमा कार्यरत कर्मचारीहरु नै हाम्रो सफलताको मेरुदण्ड हुन् । विश्वबजारमा डिजिटाइजेसनले जसरी गतिलिएको छ, त्यससँगै हाम्रो प्रतिस्पर्धी क्षमताको निर्धारण गर्न र कम्पनीको विकासका लागि कर्मचारीको प्रतिभा महत्वपूर्ण भएको छ ।”

आजियाटाले आफ्ना कर्मचारीहरुको डिजिटल प्रतिभा विकासका अभ्यासलाई तदारुकताका साथ अघि बढाउन आउदो ३ वर्षमा ६० लाख अमेरिकी डलर लगानीगर्ने प्रतिवद्धता जनाएको छ । यस अन्र्तगत आजियाटाले आफ्ना सबै तहका कर्मचारीहरुको प्रतिभामा निखार ल्याउन र महत्वपूर्ण डिजिटल विकास एवं तिनीहरुको क्षमता अभिवृृद्घमिा लगानी गर्नेछ ।

देशको विभिन्न भागमा फोरजी तथा थि्रजी सेवाको तिब्र विस्तार गरिरहेको समयमा एनसेलले डिजिटल ज्याम कार्यक्रमको आयोजना गरेको हो ।

”डिजिटल नेपाल निर्माणको यात्रामा अगाडी बढि रहदा आफ्ना ग्राहकलाई अझ सार्थकरुपमा सेवा प्रदान गर्न र उनीहरुसँग आबद्ध रहन हामीले डिजिटाईजेसन अंगीकार गर्दै एक साझालयमा काम गर्न आवश्यक छ । यसका लागि आवश्यक नयाँ सीप र विधिहरु प्रदान गर्दै आफ्ना कर्मचारीहरुलाई डिजिटल भविष्यका लागि तयार पार्न यो डिजिटल ज्याम दिवस सफल भएको छ,” एनसेलका प्रबन्ध संचालक सुरेन जे अमरासेकराले भने ।

आजियाटा ग्रुपसँग आबद्घ एनसेल, अनुकूल र गतिशील वातावरणको निर्माण गर्दै थप आधुनिक, चुस्तबन्न र आफ्नो कार्यकक्षमा डिजिटल संस्कृतिको विकास गर्न सँधै तत्पर छ, अमरासेकराले भने ।

एसियाकै एक अग्रणी दूरसञ्चार समुहका रुपमा रहेको आजियाटाले सन् २०२१ सम्ममा नयाँ पुस्ताको डिजिटल च्याम्पियनको रुपमा रुपान्तरित हुने दीर्घकालीन लक्ष्य लिएको छ ।

डिजिटल रुपान्तरणको लक्ष्यअनुरुप आजियाटाले सन् २०१३ देखि आफ्नो मुख्यमोबाइल सेवा व्यवसायलाई बलियो पार्दै व्यवसायमा विविधीकरण गर्दै पुर्वाधार तथा टावर सेवा, फिक्स्ड मोबाइल कन्भर्जेन्स् र इन्टरप्राइज इन्टरनेट अफथिङ्स् जस्ता नयाँ उद्यममा पनि आफुलाई समाहित गरेको छ । आजियाटाको दीर्घकालीन विकास योजनाका लागि जनशक्ति र प्रतिभामा रुपान्तरण पनि महत्वपूर्ण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment