Comments Add Comment

अल्फा बिटा अन्तरकलेज फुटसलको क्वार्टरफाइनल समीकरण पूरा

७ मंसिर, काठमाडौं । काठमाडौंमा जारी अल्फा बिटा अन्तरकलेज फुटसल प्रतियोगिताका समूह चरणका खेलहरु सकिएसँगै क्वार्टरफाइनल समीकरण पूरा भएको छ ।

प्रतियोगिताको दोस्रो दिन चार टिम काञ्जिरोवा, साइपाल, इन्साइड भिजन र टाइम्स कलेजले क्वार्टरफाइनलमा स्थान पक्का गरे । यसअघि बुधबार भएको खेलमा ओलम्पिया, आइडियल, हृवाइटहाउस र गोल्डेनगेट क्वार्टरफाइनलमा पुगिसकेका थिए ।

आजका खेलहरुले समूहको बिजेता र उपबिजेता पनि टुंगो लगाएको छ । समूह ए बाट साइपाल समूह बिजेता र काञ्जिरोवा उपबिजेता बनेको छ । यस समूहमा साइपालले शतप्रतिशत जित निकालेको छ ।

समूह बी अन्तर्गत समान सात अंक भए पनि गोलअन्तरका आधारमा आइडिएल कलेजले ओलम्पियालाई पछि पार्दै समूह बिजेता बनेको छ ।

समूह सीमा हृवाइटहाउसले शतप्रतिशत जित निकाल्दै समूह बिजेता बन्दा इन्साइड भिजन समूह उपबिजेताका रुपमा क्वार्टरफाइनलमा स्थान बनायो ।

समूह डीबाट टाइम्स कलेज समूहका दुई खेलमा जित र एक खेलमा वाकओभर पाएपछि ९ अंकका साथ समूह बिजेता बन्यो । यस समूहबाट गोल्डेनगेट कलेज समूह उपबिजेता हुँदै क्वार्टरफाइनल पुग्यो ।

प्रतियोगिताका क्वार्टरफाइनल, सेमीफाइनल र फाइनल खेल शुक्रबार हुनेछ । बुधबारबाट सुरु भएको प्रतियोगितामा उपत्यकाका १६ कलेजका टोलीहरुको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment