Comments Add Comment

डा. शशांकको प्रचार कार्यालय अगाडि बम

फाइल तस्वीर

८ मंसिर, नवलपरासी । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको चुनावी प्रचार कार्यालय अगाडि प्रेसर कुकर बम फेला परेको छ ।

नवलपरासीको बर्दघाट सुस्ता पूर्व देवचुली नगरपालिका–२ चौधरी उद्योग अगाडि रहेको नेपाली कांग्रेसको पार्टी कार्यालयअगाडि बिहान बम भेटिएको हो ।

कुकर बम कसले राखेको यकिन नभए पनि विप्लव नेतृत्वका नेपाल कम्युनिस्ट पार्टीले राखेको अनुमान गरिएको छ ।

बम निष्क्रय पार्नका लागि नेपाली सेनाको बम डिस्फोजल टोली बोलाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

बिहान ५ बजेतिर गाउँलेले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । उक्त बम राति २, ३ बजेको समयमा राखेको हुन सक्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment