Comments Add Comment

विप्लव कार्यकर्तालाई सार्वजनिक मुद्दा

८ मंसिर, दैलेख । निर्वाचन विरोधी गतिविधि गरेको भन्दै पक्राउ परेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई दैलेख प्रहरीले सार्वजनिक मुद्दा लगाइएको छ ।

उनीहरुलाई बिहीबार जिल्ला प्रहरी कार्यालय, दैलेखले सार्वजनिक मुद्दा दर्ता गरेको हो ।

आठवीस नगरपालिका-७ घर भएका विप्लव कार्यकर्ता दुर्गा सिजापति र नगेन्द्र सिजापतिलाई तीन दिन अघि प्रहरीले पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी प्रमुख डीएसपी सरोज पौडेलले निर्वाचनमा बिरोधी गतिविधि गर्ने जोकोहीलाई नियन्त्रणमा लिई कारवाही गर्ने निर्देशन अनुसार उनीहरुलाई कारवाही गरिएको बताउ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment