Comments Add Comment

सुरक्षाको कुनै समस्या छैन, ढुक्क भएर मतदान गर्नुस्ः यादव

‘आयोगको सहमति लिएर कर्मचारी सरुवा’

८ मंसिर, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले मंसिर १० गते हुने प्रदेश र प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचनको लागि सरकारले सुरक्षाको पूर्ण प्रत्याभुति गरेकोले ढुक्क भएर मतदान गर्न आम मतदातालाई आग्रह गरेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना साक्षात्कारमा बोल्दै उनले भने, ‘केही ठाउँमा भएका छिटपुट घटनालाई लिएर सुरक्षाबारे अफवाह फैलाउने काम भएको छ, तर सुरक्षाको पूर्ण व्यवस्था गरिएको छ, ढुक्क भएर मतदान गर्न निर्वाचन आयोग अपिल गर्दछ ।’

उनले आयोगले निर्वाचन सुरक्षाबारे सुरक्षा निकायका प्रमुख र सम्बन्धित अधिकारीहरुसँग निरन्तर छलफल गरिरहेको समेत जानकारी दिए ।

उनले मौन अवधि सुरु भएकोले सुरक्षाको पूर्णप्रत्याभूति दिलाउनका लागि विशेष किसिमको सुरक्षा व्यवस्था गरिएको दोहोर्याए । उनले थपे, ‘अब डर र त्रासको अवस्था छैन ।’

यादवले सरकारले निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गरेको समेत स्पष्ट पारे । उनले भने, ‘सरकारले आचारसंहिताको पूर्णपालना गरेको छ, यसमा कुनै समस्या छैन, मन्त्रीदेखि प्रधानमन्त्रीसम्मले आचारसंहिता पालना गर्नुभएको छ ।’

उनले विशेष ठाउँमा विशेष कर्मचारी पठाउनको लागि सरकारले आयोगसँग सहमति लिएर नै सरुवा गरेको स्पष्ट पारे । यादवले थपे, ‘हामीसँग सहमति नलिएकाकामहरु बदर हुन्छन्, हामी कारबाही गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment