Comments Add Comment

यी हुन् दुनियाँका सबैभन्दा खतरनाक तथा झूर सार्वजनिक यातायात भएका सहरहरु


तपार्इंलार्इ लाग्दो हो, विश्वमा सबैभन्दा झूर तथा खतरनाक सार्वजनिक यातायात भएको देश हाम्रो नेपाल नै हो । वर्सेनि दर्जनौँ मानिसको ज्यान जाने तथा अव्यवस्थित र लुट मच्चाउने सार्वजनिक सवारी साधनको व्यवस्था देख्दा काठमाडाैं नै विश्वमा सबैभन्दा खराब सार्वजनिक यातायात भएको सहर हो भन्ने हाम्रो ठम्याई हुन्छ ।

तर नआत्तिनुस् । विश्वमा हाम्रो देशमा भन्दा निकै खतरनाक तथा पत्रु सार्वजनिक यातायात भएका देशहरु रहेछन् । द रिचेस्टले विश्वमा सबैभन्दा खराब सार्वजनिक यातायात प्रणाली भएका दश सहरहरुको सूची सार्वजनिक गरेको छ ।

यी हुन् विश्वका सबैभन्दा खराब तथा खतरनाक सार्वजनिक यातायात भएका देश तथा सहरहरुः

· मुम्बईः भारतको मुम्बई विश्वमा सबैभन्दा खराब सार्वजनिक यातायत भएको सहर बनेको छ । मुम्बईमा लोकल रेल नै सबैभन्दा चल्तीको सार्वजनिक यातायात हो । तर प्रायः लोकल रेलमा यति भिडभाड हुन्छ कि यात्रुले खुट्टा राख्ने ठाउँ पनि पाउँदैनन् । हरेक दिन ७५ लाख मानिसले मुम्बइमा लोकल रेलमा यात्रा गर्दछन् । भिडभाडका कारण मुम्बइमा रेलमा हुने दुर्घटनामा बर्सेनि ३५ सय मानिसको ज्यान जाने गरेको छ ।

· बंगलादेशः बंगलादेशको कुनै सहरमात्र होइन पूरै देश नै खराब सार्वजनिक यातायात भएको देशमा परेको छ । त्यहाँ धेरै मानिसहरु पानीजहाज तथा डुंगाबाट यात्रा गर्दछन् । तर कहिलेकाहीँ जहाज तथा डुंगाहरु यति भिडभाडपूर्ण हुन्छन् की समुद्रमा दुर्घटना भएर धेरैको ज्यान जाने गर्दछ ।

· नैरोबीः केन्याको राजधानी नैरोबीमा चल्ने मिनिबसलाई मातातु भनिन्छ । मातातुका चालकहरु विश्वमा सबैभन्दा खराब चालकहरुको नामले चिनिन्छन् ।

· दिल्लीः भारतको राजधानी दिल्ली विश्वमा सबैभन्दा खराब सार्वजनिक यातायात भएको चौथो सहर हो । दिल्लीमा व्यवस्थित मेट्रो नभएको होइन । तर सडकमा गुड्ने अटो तथा बस लगायतका सवारी साधनले अस्तव्यस्त बनाउने गर्दछ ।


· लिमाः पेरुको राजधानी लिमाको सार्वजनिक यातायत दुनियाँको पाचौँ खराब सार्वजनिक यातायतमा पर्दछ ।

· पाकिस्तानः पाकिस्तानको राजधानी इस्लामावाद तथा अन्य क्षेत्रमा समेत सार्वजनिक यातायातको अवस्था नाजुक छ । रेलहरु निकै जिर्ण र अव्यवस्थित छन् ।

· साओ पाओलोः ब्राजिलको साओ पाओलोमा कहिलेकाहीँ ट्राफिक यति अस्तव्यस्त हुन्छ की त्यसलाई छल्नको लागि धनाढ्यहरु देशभित्रै यात्रा गर्दा समेत निजी जहाज चढ्छन् ।

· मनिलाः फिलिपिन्सको मनिलामा चल्ने जिपनिस गाडीका कारण सडकमा अस्तव्यस्त जाम हुन्छ । यी गाडीमा यात्रा गर्दा सस्तो पर्ने भएकाले यात्रुहरुको रोजाइमा पर्ने र सोही कारणले यी गाडीहरुको संख्या बढिरहेको छ ।

· जोहानसबर्गः दक्षिण अफ्रिकाको जोहानसबर्गमा ६५ प्रतिशत मानिसहरु मिनी ट्याक्सीमा यात्रा गर्दछन् । जसका कारण सार्वज्निक यातायात अव्यवस्थित बन्नुका साथै दुर्घटना पनि बढेका छन् ।


· बोलिभियाः बोलिभियाका केही सडकहरु यति खतरनाक छन् की त्यहाँ गाडी चलाउनु मृत्युको मुखमा पार्नु सरह हुन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment