Comments Add Comment

नयाँ नेपाल लघुवित्तको २१ प्रतिशत लाभांश र हकप्रद प्रस्ताव


८ मंसिर, काठमाडौं । नयाँ नेपाल लघुवित्त विकास बैंकले २१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।  आज शुक्रवार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

हाल २ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले बोनस सेयर दिएपछि चुक्ता पूँजी २ करोड ४० लाख रुपैयाँ पुग्नेछ । कम्पनीले बोनस सेयर जारी गरेपछि १ बराबर २.५ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

यी प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गर्न र साधारण सभाबाट पारित हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment