Comments Add Comment

साम्राज्ञी र प्रियंकाको ‘आमा’ प्रेम


नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह करिअरको सुरुवात देखि नै आफ्नी आमासँग हरेक कार्यक्रममा पुग्ने गर्छिन् । चलचित्रको सुटिङमा समेत साम्राज्ञीकी आमा उपस्थित हुन्थिन् । चलचित्रको प्रिमियर, पत्रकार सम्मेलन होस् या कुनै पनि कार्यक्रमम, साम्राज्ञीकी आमा नेहा राज्यलक्ष्मी शाह नपुगेको ठाउँ हुँदैन । आफ्नी आमा साथी जस्तै भएकाले हरेक ठाउँमा साथ हुने साम्राज्ञीको भनाई छ ।

वुधबार बेलुकी अष्ट्रेलिया उड्नु अगाडि त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै साम्राज्ञीले आफूलाई घरको न्यास्रो लाग्ने बताएकी थिइन् । उनले, सबैभन्दा बढी आफ्नी साथी जस्तै आमालाई मिस गर्ने बताएकी थिइन् ।

साम्राज्ञीले चलचित्र क्षेत्रमा प्रवेश गरेदेखि नै आमालाई साथमा लिएर हिड्न थालेकी हुन् । यसैले, मिडियामा उनकी आमा नेहा पनि चर्चामा छिन् । तर, अब नायिका प्रियंका कार्कीले पनि आफ्नी आमालाई सार्वजनिक कार्यक्रममा लिएर हिड्न थालेको देखिन्छ । आमा रक्षा कार्कीलाई लिएर प्रियंका एकसाथ हिड्न थालेको धेरै भएको छैन ।

विशेषगरि, जब नायक आयुष्मान देशराज जोशीसँगको सम्बन्धको खबर बाहिर आयो, त्यसपछि मिडियामा प्रियंका र उनकी आमाले एकसाथ कुराकानी गरेका थिए । आमाले आफू छोरीको साथमा सधै रहेको बताएकी थिइन् । आमा रक्षा र छोरी प्रियंकाले मिडियामा एकसाथ इन्टरभ्यू दिएपछि नै हो, यी दुई हरेक कार्यक्रममा एकसाथ देखिन थालेका ।

प्रियंका आफ्नी आमालाई साथी जस्तै मान्छिन् । आमा पनि छोरीलाई सुझाव दिनेदेखि उनका हरेक राम्रा क्रियाकलापमा साथी बन्ने गरेकी छिन् । कमै मात्र नायिकाहरु सार्वजनिक कार्यक्रममा आमा वा बाबुको साथमा पुग्ने गर्छन् । साम्राज्ञीपछि प्रियंकामा पनि यहि शैली देखिएको छ ।

 

तस्बिरः कमल प्रसाई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment