८ मंसिर, महोत्तरी । महोत्तरीको माईस्थान गौशला सम्सी सडक खण्डमा गएराति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौशला नगरपालिका–४ का ५५ वर्षीय जितेन्द्र दाहाल छन् ।
ज ८ प नम्बरको स्कुटरलाई ज १ च ७६४ नम्बरको बोलेरोले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको उपचारका लागि बर्दिवास ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरी निरीक्षक भोला भट्टले जानकारी दिए ।
ठक्कर दिने बोलेरोलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेको र खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।