Comments Add Comment

काठमाण्डौमा मोनाली ठाकुरको कन्सर्ट


अहिले बलिउडका कलाकार, गायक-गायिकाहरु नेपाल आउने क्रम जारी छ । बलिउडका स्टारदेखि चर्चित गायक-गायिकाले नेपाली दर्शक झुमाइसकेका छन् ।
अब, चर्चित गायिका मोनाली ठाकुरले पनि काठमाण्डौ तताउने भएकी छिन् ।

डिसेम्बर ९ तारिखमा आयोजना हुन लागेको ‘मोनाली ठाकुर लाइभ इन नेपाल’ नामक कार्यक्रममा उनले आफ्ना चर्चित गीत गाउनेछिन् । पर्फ]{ट प्लान इन्टरटेन्मेन्टको प्रस्तुतीमा आयोजना हुन लागेको कार्यक्रम काठमाण्डौको डेजा भू क्लबमा आयोजना हुनेछ ।

बेलुकी ७ बजेबाट कार्यक्रम सुरु हुने आयोजकले बताएको छ । यो कार्यक्रममा नेपाली चलचित्रका नायकद्धय सलोन बस्नेत र आमेष भण्डारीको पनि विशेष प्रस्तुती रहनेछ ।

साथमा, नेपालका केही चर्चित ब्याण्डले पनि कार्यक्रममा आफ्नो प्रस्तुती दिनेछन् । मोनालीका ‘मोह मोहके धागे, बद्री कि दुल्हनिया, सवार लो, छम छम, रघुपति रागव, जरा जरा टच मी’ लगायतका गीत चर्चित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment