Comments Add Comment

केकी स्टाइल


चलचित्र ‘कोहलपुर एक्सप्रेस’ निर्माणसँगै निर्मात्री बनेकी नायिका केकी अधिकारीले बल्ल निर्माता बन्नुको पीडा वुझ्दैछिन् । चलचित्रको छायांकन नसकिदै यसको प्रदर्शन मिति तोकेकी केकीले वैशाख १४ गते अर्को चलचित्र पनि रिलिज हुने थाहा पाएपछि लामो सुस्केरा हालिन् ।

तर, पनि चलचित्र राम्रो बनाएको बताउने केकी निर्मात्रीमा पनि सफल हुनेमा विश्वस्त छिन् । हालैमात्र ‘क्रिटिक्स फिल्म अवार्ड’ जितेकी केकी सफल चलचित्रको खोजीमा छिन् । चलचित्र ‘ऐश्वर्य’ हिट भएपनि त्यसको क्रेडिट उनले लिन पाइनन् ।

केकीलाई पहिरनमा खासै ध्यान दिन नजानेकी नायिका पनि भनिन्छ । यी तस्बिरहरु हेर्दा, के तपाइलाई त्यस्तो लाग्छ ? प्रतिक्रिया दिनुहोला ।

तस्बिरः कमल प्रसाई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment