Comments Add Comment

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्ड एम्बेस्डरमा “मह जोडी”

८ मंसिर, काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ब्राण्ड एम्बेस्डरमा “मह जोडी” मदन कृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यलाई नियुक्त गरेको छ ।

यस सम्बन्धि सम्झौतापत्रमा “मह जोडी” का मदन कृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य र कम्पनीका तर्फबाट सहायक महाप्रबन्धक दिपबहादुर बि.सी. तथा मुख्य प्रबन्धक कवि फुयालले हस्ताक्षर गरेका छन् ।

समाजसेवामा उत्तिकै सक्रिय मह जोडीले प्रत्येक परिवारको लागि जीवनबीमाको आवश्यकताको बारेमा देशभर जनचेतना जगाउने र जीवन बीमा गरी आफ्नो जीवन सुरक्षित गर्ने बानीलाई प्रोत्साहित गर्नेछन् ।

कम्पनीले २०७४ साल कार्तिक २ गते लक्ष्मी पूजाको दिनदेखि व्यवसायिक कारोबार शुभारम्भ गरेको छ र देशभरी फैलिएका आफ्नो २५ वटा शाखा सञ्जाल मार्फत ग्राहकहरुलाई जीवन बीमा सेवा प्रदान गरिरहेको छ ।

कम्पनीका प्रवद्र्धकहरुमा प्रतिष्ठित उद्योगीहरु, बैंकरहरु तथा व्यवसायिक संस्थाहरु रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment