Comments Add Comment

गोल्छा अर्गनाइजेनको प्रवर्द्धनमा खुल्यो नियोस्फेयर


८ मंसिर, काठमाडौं । गोल्छा अर्गनाइजेशनद्वारा प्रवर्द्धन गरिएको नेपालको एक उच्चस्तरको आईटी संस्थान नियोस्फेयरले एउटा विशेष प्रेस समारोहको आयोजना गर्‍यो ।

सम्पूर्ण स्तरबाट आईटीको बहु-आयमिक पक्षहरुलाई उजागर गर्नको लागि बनाइएको यो तालिम केन्द्र देशको आफ्नो किसिमको पहिलो तालिम केन्द्र हो ।

नियोस्फेयरमा तालिम लिनेहरुले धेरै कुरा सिक्ने सुनौलो अवसरको साथै नियोस्फेयरको प्रमुख शिक्षकहरु र क्षेत्रका विशेषज्ञसँगको आवद्धताले नेपालको आईटी क्षेत्रमै उनँको भविष्य उज्ज्वल हुने कम्पनीले जनाएको छ ।

विशिष्ट संकायको साथ सम्पूर्ण उपकरणयुक्त संस्थानको रुपमा स्थापित नियोस्फेयरले विद्यार्थी र कर्पोरेट अध्ययनकर्तालाई विविध रेन्जको सिक्ने र क्षमता विकासको कार्यक्रमहरु प्रदान गर्नेछ ।

जसमा सफ्टवेयर विकास, डाटाबेस एडि्मनिस्ट्रेसन, हार्डवेयर एन्ड नेटवर्किङ, सर्भर एडि्मनिष्ट्रेसन, डिजिटल मार्केटिङ, ग्राफिक डिजाइनिङ, मल्टिमिडिया एवम् एनिमेसन/साइबर सेक्युरिटी लगायत पर्छन् ।

कम्पनीका संस्थापक सञ्जय गोल्छाले भने, ‘नेपाली बजारलाई राम्ररी अध्ययन गरेका आईटी विशेषज्ञ र डिजाईनरहरुको अत्यन्त खाँचो छ, जसले हातमा डिग्री मात्र होइन, सम्बन्धित विषयको बारेमा पर्याप्त ज्ञान पनि हासिल गरेको होस् । नियोस्फेयर आफ्ना विद्यार्थीहरुलाई एक समग्र तथा सान्दर्भिक शिक्षा दिनुमा प्रतिबद्ध छ जसले बजारको अहिलेको माग परिपूर्ति गर्न सकोस् ।’

विभिन्न प्रयोगात्मक क्रीयाकलाप, अवलोकन र अन्य व्यावहारिक अध्ययनहरुद्वारा नियोस्फेयरले अध्ययनकर्ताहरुलाई सृजनात्मक मञ्च प्रदान गर्दछ ।

विभिन्न पक्षहरुले गर्दा यस संस्थानलाई अरुभन्दा पृथक बनाउँछ, जस मध्ये केही हुन् डिजिटल भविष्यको बुझाई, प्रयोगात्मक तालिम प्रविधि, प्रत्यक्ष आईटी उद्योगमा प्रदर्शन, अत्याधुनिक संरचना र सबैभन्दा बढी पढाउने शैली जुन अहिलेको नवीनतम् प्रविधि सुहाउँदो रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment