Comments Add Comment

बुटवलमा ट्रक र बस एकआपसमा ठोक्किए, १९ घाइते, दुईको अवस्था गम्भीर

८ मंसिर, बुटवल । पूर्व–पश्चिम राजमार्ग अन्तरगत बुटवलको सैनामैना नगरपालिका–६, दुधराक्ष पुलमा ट्रक र यात्रुबहाक बस एकआपसमा ठोक्किँदा १९ जना घाइते भएका छन् । दुई जनाको अवस्था गम्भीर छ ।

इलाका प्रहरी कार्यालय, बुटवालका डिएसपी पवन भट्टराईले अनलाइनखबरलाई दिएको जानकारी अनुसार पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ६ ख ९७७१ नम्बरको ट्रक र विपरित दिशाबाट आइरहेको ना ४ ख ७६७ नम्बरको बस एक आपसमा ठोक्किएको हो ।

घाइते १७ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर दुई जनालाई थप उपचारका लागि लुम्बिनी अञ्चल अस्पतल पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment