Comments Add Comment

वाम गठबन्धनको सम्पर्क कार्यालयमा बम प्रहार

८ मंसिर, पोखरा । पोखरामा नेकपा एमाले-माओवादी वाम गठबन्धनको सम्पर्क कार्यालयमा बम प्रहार भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ९ मा रहेको वाम गठबन्धनको सम्पर्क कार्यालयमा आज साँझ बम प्रहार भएको हो ।

सेतो गाडीमा आएका अपरिचित समूहले सम्पर्क कार्यालयको भुइँतलामा बम फालेर भागेका थिए । सम्पर्क कार्यालयको माथिल्लो तलमा गठबन्धनका युवा समूहको भेला चलिरहेका बेला सेतो गाडीमा आएर अपरिचित समूहले बम फालेर भागेको बताइएको छ ।

बम प्रहारबाट कुनै मानवीय क्षति भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment