Comments Add Comment

इजिप्टको एक मस्जिदमा आक्रमण, कम्तिमा १८५ को मृत्यु

इजिप्ट । इजिप्टको उत्तरी सिनाई प्रान्तको एक मस्जिदमा भएको आतंकबादी हमलामा कम्तिमा १८५ जनाको मृत्यु भएको छ ।

आक्रमणकारीले पहिले विष्फोट गराएपछि अन्धाधुन्ध गोली प्रहार गर्दा प्रार्थानामा रहेकाहरुको मृत्यु भएको इजिप्टको सरकारी सञ्चारमाध्यमलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार शुक्रबारको नमाज पढिरहेकाहरुलाई आक्रमणकारीले निशाना बनाएका थिए । चारवटा अफ रोड सवारीमा आएका हतियारधारीहरुले प्रार्थाना गरिरहेकाहरुमाथि गोली प्रहार गरेका थिए ।

इजिप्ट सन् २०१३ यता इस्लामिक उग्रबादीहरुसँग संघर्ष गर्दै आएको छ । सर्वसाधारणलाई लक्षित गरी यहाँ दिनहूँजस्तो विम विष्फोट र गोलीकाण्ड हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment