Comments Add Comment

एनसेलले ल्यायो नयाँ भ्वाइस प्याक, भ्वाइस सेवा अब अझै सस्तो

८ मंसिर, काठमाडौं । एनसेल प्रालिले आˆनापि्रपेड ग्राहकका लागि चार नयाँभ्वाइस प्याकहरु ल्याएको छ, जस अन्तर्गत एनसेलका ग्राहकले अब अझै सुलभ दरमाभ्वाइस सेवाको फाइदा लिन सक्छन् । नयाँभ्वाइस प्याकका साथ एनसेलका ग्राहकले अब एक महिनामा ७०० मिनेट सम्मको भ्वाइस सेवा प्रयोग गर्न सक्छन् ।

नयाँभ्वाइस बिहीवारदेखि ९० दिनको लागि संचालनमा आएको छ । यी नयाँ प्याकहरु अन्तर्गत ग्राहकले आˆनो भ्वाइस सेवाको आवश्यकताअनुसार दैनिक, साप्ताहिक तथा मासिक प्याकहरु सुचारु गर्न सक्छन् । साथै ग्राहकले अब तीनदिने भ्वाइस प्याकपनि सुचारु गर्न सक्छन् ।

दैनिक भ्वाइस प्याकअन्तर्गत ग्राहकले कर सहितमात्र रु १५ मा २० मिनेट अननेट टक टाइम खरिद गर्न सक्छन् । साप्ताहिक भ्वाइस प्याकमा कर सहित रु ७० मा १२० मिनेट टक टाइम लिन सक्छन् । त्यसैगरी ग्राहकले रु ३० मा ५० मिनेट टक टाईम रहेको तीनदिने भ्वाइस प्याक खरिद गर्न सक्छन् । नयाँ मासिक भ्वाइस प्याकमा ग्राहकले रु ३०० मा७०० मिनेट टक टाइम प्राप्त गरी मात्र ४३ पैसा प्रतिमिनेटको दरमा भ्वाइस सेवाको मजा लिन सक्छन् ।

दैनिकभ्वाइस प्याकको समयावधि २४ घण्टाको रहेको छ । त्यस्तै साप्ताहिक भ्वाइस प्याकको समयावधि ७ दिन, तीनदिने प्याकको ३ दिन र मासिक भ्वाइस प्याकको ३० दिन रहेको छ ।

प्याकमा उल्लेख गरिएको समयावधि वा टक टाइम सकिएपछि विद्यमान शुल्क लागु हुनेछ । विद्यमान शुल्क अनुसार एनसेल नेटवर्क भित्र कल गर्दा कर सहित रु २.५० प्रतिमिनेट शुल्क लाग्दछ । भ्वाइस प्याकअन्तर्गतका टक टाइम एनसेल नेटवर्क भित्रमात्र लागु हुनेछ ।

पहिला नै संचालनमा रहेका भ्वाइस प्याकहरु यथावत रहेका छन् ।

ग्राहकले आफ्नो सञ्चार सेवाको आवश्यकताअनुसार जति पटक पनि यी प्याकहरु लिन सक्छन् । एनसेलका ग्राहकले युएसएसडी, आइभिआर, एसएमएस, एनसेल एपकुनै पनि माध्यमबाट भ्वाइस प्याक खरिद तथा सुचारु गर्न सक्नेछन् ।

ग्राहकलाई थप सुविधा प्रदान गर्दैै आधारभुत भ्वाइस सेवामा चार नयाँ प्याकहरु ल्याउन पाउँदा हामीनिकै हषिर्त छौ,” एनसेलका कर्पोरेट सर्भिसेज निर्देशक प्रणय आचार्यले भने । ँसुलभ दरमा गुणस्तरीय सेवाप्रदानगर्ने हाम्रो प्रतिवद्घताअनुरुपयीप्याकहरु ल्याइएको होे’ आचार्यले भने ।

एनसेलका सम्पूर्ण पि्रपेड ग्राहकले एस्टि्रक्स् १७११८ हृयास डायल गरी प्राप्त जानकरी अनुसार आˆनो आवश्यकता बमोजिमको भ्वाइस प्याक सुचारु गरी लाभ लिन सक्छन् । आईभिआर मार्फत यो सेवा सुचारु गर्नका लागि १७११८ डायल गरी प्राप्त जानकारी अनुसार सेवा सुचारु गर्न सकिन्छ ।

त्यस्तै ग्राहकले १७११८ माआफुले लिन चाहेको प्याकको मुल्य टाइप गरि एसएमएस पठाएर पनि यो सेवा सुचारु गर्न सक्छन् । उदाहरणका लागि दैनिक प्याको लागिग्राहकले १५ लेखि, साप्ताहिक भ्वाइस प्याकको लागि ७० लेखि, मासिक भ्वाइस प्याकको लागि ३०० लेखि र तीन दिने भ्वाइस प्याकको लागि ३० लेखि १७११८ मा एसएमएस गर्न सक्नेछन् ।

एनसेलका ग्राहकले एस्टि्रक्स् ९०१ हृयास डायल गरी आफ्नो प्याकमा बाँकि रहेको टक टाइमको बारेमा जानकारी लिन सक्छन् । त्यस्तै ग्राहकले आˆनो मेसेज बक्समा गई अंग्रेजीमा ‘एस’ लेखि १७११८ मा एसएमएस पठाई आफ्नो प्याकको बाँकी समयावधिको बारेमा जानकारी लिनपनि सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment