Comments Add Comment

एमाले अध्यक्ष ओलीको झापास्थित घरको गेटमा बम विस्फोट

ओली निवासको मूल गेटमा राखिएको शंकाष्पद वस्तु

९ मंसिर, झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज बिहान करिब ४ बजे बम विष्फोट भएको छ ।

दमक नगरपालिकाका प्रमुख रोमनाख ओली बस्दै आएको उक्त घरको मूल गेटमा बम विष्फोट भएको झापाका प्रहरी उपरीक्षक विष्णु केसीले बताए ।

मूल गेटमै थप एउटा शंकास्पद वस्तु फेला परेकाले नेपाली सेनाका बम डिस्पोजल टोली त्यसतर्फ प्रस्थान गरेको छ । विष्फोटबाट समान्य क्षति भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, नेपाली कांग्रेस झापाका सभापति तथा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार उद्धव थापाको घरमा पनि गएराति १२ बजे बम विष्फोट भएको छ । विष्फोटनबाट घरमा पार्किङ गरी राखिएको बा७च ६८९५ नं को बोलेरो जिप पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ ।

झापा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यतर्फका कांग्रेस उम्मेदवार उद्धव थापाकाे क्षतिग्रस्त बोलेरो जिप

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment