Comments Add Comment

इजिप्टको मस्जिद आक्रमणः मृतकको संख्या २३५ पुग्यो

९ मंसिर, काठमाडौं । इजिप्टको उत्तरी सिनाई प्रान्तको एक मस्जिदमा शुक्रबार भएको आतंकबादी हमलामा परी ज्यान गुमाउनेको संख्या २३५ पुगेको छ ।

आक्रमणकारीले मस्जिदमा प्रार्थना गरिरहेकामाथि शुक्रबार अन्धाधुन्ध बम तथा गोली प्रहार गरेका थिए ।

बीबीसीका अनुसार, चारवटा अफ रोड सवारीमा आएका हतियारधारीहरुले प्रार्थाना गरिरहेकाहरुमाथि गोली प्रहार गरेका थिए । यद्यपि, यो आक्रमणको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन ।

अन्तर्राष्ट्रिय समुदायहरुले आक्रमणको घोर निन्दा गरेका छन् ।

इजिप्ट सन् २०१३ यता इस्लामिक उग्रबादीहरुसँग संघर्ष गर्दै आएको छ । सर्वसाधारणलाई लक्षित गरी यहाँ दिनहूँजस्तो बम विष्फोट र गोलीकाण्ड हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment