Comments Add Comment

महोत्तरीमा उच्च सुरक्षा सतर्कता, ५५ जनाले हतियार बुझाए

८ मंसिर, महोत्तरी । निर्वाचनको समयमा विभिन्न स्थानमा निर्वाचन बिरोधी कृयाकलाप हुन थालेपछि प्रशासनले उच्च सर्तकता अपनाएको जनाएको छ ।

आसन्न प्रतिनिधि र प्रदेशसभा चुनावलाई मध्येनजर गर्दै सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।

महोत्तरी प्रहरीले शान्ति सुरक्षा खलबलिन नदिन भन्दै हातहतियार संकलन कार्य तीव्र बनाएको छ ।

हातहतियार र खुल्ला सिमानासँगै निर्वाचनमा सुरक्षा संवेदनशीलतालाई ध्यान दिदै महोत्तरी प्रशासनले हतियार संकलन कार्य थालेको हो ।

हालसम्म महोत्तरीमा ५५ थान हतियार संकलन भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

जिल्लामा ३०९ जनाले अनुमति लिई ३३२ थान हतियार राखेकेामा सो मध्ये ५५ थान हतियार जिल्ला प्रहरी कार्यालय महोत्तरीमा संकलन भएको प्रहरी उपरीक्षक कुवेर कडायतले जानकारी दिए ।

स्थानीय तहको निर्वाचनको समय नै अनुमति प्राप्त हात हतियारहरु बुझाउन जिल्ला प्रसासन कार्यालय महोत्तरीले सूचना गरेको र हतियारवालको घरघरमै पुगेर हतियार बुझाउन भनेपछि ५५ थान संकलन भएको प्रहरीले जनाएको छ ।

जिल्लामा अनुमति प्राप्त हतियारहरुमा पेस्तोल १२, बार वोरको बन्दुक एकनाले १८०, दुईनाले १२३, बाईस बोरको एकनाले ६, भरुवा एकनाले २, हावादारी ९ गरी कुल ३३२ वटा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment