Comments Add Comment

सिन्धुपाल्चोकमा ११ बजेसम्म ४० प्रतिशत मतदान

१० मंसिर, सिन्धुपाल्चोक । प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा  बिहान ११ बजेसम्म ४० प्रतिशत मतदान भएको छ ।

पाँचपोखरी थाङ्पाल गाउँपालिकाको लागर्चेको दुई मतदान केन्द्रमा मौन अवधिमा आचारसंहिता उल्लंघन भएका विषयमा दलबीचको विवादले समयमा मतदान हुन नसकेकामा दलहरुको सहमतिपछि बिहान १०ः२० मिनेटमा मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश दीपक खनालले जानकारी दिए।

बिहान सुरु भएका कतिपय मतदान केन्द्रमा ५० प्रतिशत मतदान भएको र उत्साहपूर्वक मतदान भइरहेको बताइएको छ । जिल्लाको शान्तिसुरक्षा मजबुत भएको र उल्लेख्य रुपमा मतदाताको सहभागिता रहेको प्रजिअ अश्मान तामाङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment