Comments Add Comment

उपल्लो डोल्पाका ८ वटा केन्द्र अझै सम्पर्कविहीन

५८ केन्द्रमा २५ प्रतिशत मत खस्यो

फाइल तस्वीर

१० मंसिर, डोल्पा । जिल्लाका ६६ मतदान केन्द्र मध्ये ५८ वटामा मतदान सुरु भएको छ । बाँकी ८ वटा केन्द्र अहिलेसम्म सम्पर्कविहीन छन् ।

सम्पर्क नहुँदा ८ वटा केन्द्रमा मतदान सुरु भयो कि भएन भन्ने जानकारी नआएको प्रमुख जिल्ला अधिकारी केशवरजा आचार्यले जानकारी दिए ।

उपल्लो डोल्पाको शे-फोक्सुन्डो, डोल्पो बुद्ध गाउँपालिका र छार्काताङसोङ गाउँपालिका अन्तर्गतका केन्द्रहरुमा सम्पर्क हुन नसकेको हो ।

शे-फोक्सुन्डोका याङजेर गुम्बा, फोद गाउँ, कु गाउँ केन्द्र र डोल्पो बुद्धको पुरानो कलाङ, छार्काताङसोङ गाउँपालिकामा पर्ने सप्तकोशी, कागकोट र घेराङ मतदान केन्द्रमा सम्पर्क हुन नसकेको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।

मतदान सुरु भएका ५८ मतदान केन्द्रमा यो समाचार तयार पार्दासम्म २५ प्रतिशत मतदान भएको छ ।

जिल्लाका कम मतदाता भएका केन्द्रहरुमा भने ३० प्रतिशत मतदान भइसकेको जानकारी दिइएको छ ।

डोल्पामा चिसो अत्याधिक भएपनि मतदाताहरुले उत्साहकासाथ मतदान गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment