Comments Add Comment

अक्षयको भाग खोसिदा बदलियो अजयको करिअर


नायक अजय देवगणले अभिनय गरेको पहिलो चलचित्र ‘फूल और काँटे’ हो । यो चलचित्रमा अजयले दिएको वाइकको स्टन्टको दृश्य आज पनि दर्शकको दिमागमा ताजै छ ।

तर, यो चलचित्रको बिषयमा नायक अक्षय कुमारले नयाँ खुलासा गरेका छन् । अक्षयका अनुसार, यो चलचित्रको अफर सुरुवातमा उनलाई गरिएको थियो । चलचित्रमा काम गर्नका लागि अक्षय उत्साहित पनि थिए ।

एक दिन उनी स्टूडियोमा बसेर उनी चलचित्रको गीत सुनिरहेका थिए । उनलाई निर्माण टिमबाट फोन आयो । अक्षयले भने-‘उक्त फोनमा मलाई तपाई भोलीबाट सुटिङमा नआउनुहोस् भनियो । नयाँ केटालाई चलचित्रमा राखिएको जानकारी पनि मलाई दिइएको थियो ।’

अक्षयलाई हटाएर निर्माणपक्षले नायक अजय देवगणलाई चलचित्रमा राखेका थिए । यो चलचित्रले नै अजयको जिन्दगी बदलिदिएको थियो । तर, अजयले खेल खेलेर अक्षयलाई हटाए या निर्माणपक्षले नै अक्षयलाई हटाएर अजयलाई राख्यो भन्ने खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment