Comments Add Comment

डोल्पामा ५४ प्रतिशत मतदान

१० मंसिर, डोल्पा । १८ हजार मतदाता रहेको डोल्पामा ५४ प्रतिशत मतदान  भएको छ । ६६ मतदान केन्द्र मध्ये  सम्पर्कमा अाएका ६४ मतदान केन्द्रमा साढे एक बजेसम्म ५४ प्रतिशत सम्पन्न भएको जनाइएको छ । अहिलेसम्म १० हजार बढी मत खसिसकेको छ ।

यस्तै उपल्लो डोल्पामा पर्ने फोद गाउँमा रहेको मतदान केन्द्रमा मतदान सम्पन्न भएको छ । यो केन्द्रमा जम्मा २३ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

बाँकी दुईवटा केन्द्रमा भने अहिलेसम्म सम्पर्क हुन नसकेको प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले जानकारी दिएका छन् ।

उपल्लो डोल्पाका घेराङ र कलाङ मतदान केन्द्रमा अहिलेसम्म सम्पर्क हुन नसकेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment