Comments Add Comment

ऋचाले ‘छक्का पन्जा’ हेर्ने दर्शक मूर्ख भनेपछि दीपक-दीपाको यस्तो आक्रोश


निर्वाचनका कारण केही दिनदेखि सुस्ताएको चलचित्र क्षेत्र फेरि नायिका ऋचा शर्माको एक भनाइसँगै तातेको छ । लामो समयदेखि गसिपको दुनियाँबाट हराएकी नायिका शर्मालाई पनि फेरि उनकै भनाइले लाइमलाइटमा ल्याइदिएको छ ।

नायिका ऋचा शर्माले एक गोष्ठीमा चलचित्रको बिषयमा कुरा गर्ने क्रममा ‘छक्का पन्जा’ र यसकी निर्देशक दीपाश्री निरौलामाथि प्रश्न उठाइन् । उनले त, चलचित्र हेरेर ताली बजाउने दर्शकलाई ‘मूर्ख’ समेत भन्न भ्याइन् ।

ऋचाले भनेकी छिन्-‘चलचित्रको एक दृश्यमा महिलालाई दैनिक पिट्न पाउनुपर्छ भनिएको छ । यही दृश्यमा दर्शक हाँसेका छन् र ताली बजाएका छन् । मैले चलचित्रको ब्रेकमा दीपा जीलाई के हो दिदी यस्तो भनेर सोधे । उहाँले दोश्रो हाफ पनि हेरन भन्नुभयो । हलमा महिलाको वेइज्जत हुँदा दर्शक हाँसेको र ताली बजाएको देख्दा रिस पनि उठिरहेको थियो ।’

ऋचाले आफूले निर्माण गरेको चलचित्र ‘आधा लभ’ले समाजका ५ वटा गम्भिर बिषयलाई उठाएको बताउँदै यो चलचित्र हलमा एक साता पनि नटिकेको बताएकी छिन् ।

ऋचाले आफ्नो चलचित्रमाथि यस्तो टिप्पणी गरेपछि यसकी निर्देशक दीपाश्री निरौला पनि आक्रोशित भइन् । उनले फेसबुकमा लेखिन्-‘एकजना नायिकाले हाम्रो चलचित्र हेरेर ताली बजाउने दर्शकलाई मूर्ख भन्नुभएछ । प्रिय, नायिकाज्यू दर्शकलाई मूर्ख भन्नु भएकोले नै तपाइका फिल्मले कहिल्यै दर्शक पाएनन् । गेट वेल सुन ।’

दीपाको यो स्टाटस कपी गर्दै नायिका प्रियंका कार्की, बर्षा राउत, स्वस्तिमा खड्का, गौरव पहारीदेखि चलचित्रका लेखक तथा कलाकार दीपकराज गिरीले पनि आपत्ती जनाएका छन् । ऋचाको एउटा भनाइले अहिले सामाजिक संजाल, चलचित्र क्षेत्र र मिडियालाई तताएको छ । ‘छक्का पन्जा’ टिमको स्टाटसमा नायिका शर्माले कुनै प्रतिक्रिया जनाएकी छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment