Comments Add Comment

रेखाले ‘जोक्करहरु’ लेख्दा दीपाले लेखिन्-‘धन्यवाद रेखा’


चलचित्र ‘छक्का पन्जा’ टिम र नायिका ऋचा शर्माविच देखिएको फेसबुक सवाल-जवालमा अब नायिका रेखा थापा पनि प्रवेश गरेकी छिन् । नायिका रेखा थापाले आफू नायिका शर्माको पक्षमा रहेको भन्दै एक पत्रकारको स्टाटसमा कमेन्ट गरेकी छिन् ।

रेखाले एक पत्रकारको स्टाटसमा कमेन्ट गर्दै लेखेकी छिन्-‘ऋचा शर्माले भिडियोमा दर्शकलाई मुर्ख भनेकी छैनन् । उनी वुद्धिमान महिला हुन् । के बोल्ने के नबोल्ने उनलाई थाहा छ । एउटा महिलाको पछि लागेको देखेर अचमम लागेको छ मलाई । खै, उनीहरुबाट सामाजिक रुपान्तरणको पनि अपेक्षा थियो । तर, ‘जोक्कर’ भन्दा माथि नउठ्ने भए ।’

रेखाले ‘छक्का पन्जा’को टिमलाई ‘जोक्कर’ भन्दै कमेन्ट गरेपछि यसमा निर्देशक दीपाश्री निरौलाले पनि जवाफ फर्काएकी छिन् । दीपाको जवाफ कुनै आक्रामक र असभ्य छैन । उनले लेखेकी छिन्-‘धन्यवाद रेखा ।’

रेखाको प्रतिक्रियासँगै फेरि एकपटक दीपा र उनको सम्बन्ध चिसिएको वुझ्न धेरै सोचिराख्नै पर्दैन । केही समय अगाडि पनि दीपा र रेखाविच बोलचाल बन्द भएको थियो । तर, चलचित्र ‘म यस्तो गीत गाउँछु’को पि्रमियरमा पुगेका यी दुइले एक अर्कालाई गालामा चुम्बन गरेका थिए ।

यसैले, भनिन्छ नि-‘चलचित्र क्षेत्रमा कोही कसैको स्थायी शत्रु र मित्रु हुँदैनन् ।’ अब, केही समयपछि रेखाले दीपासँग यस्तै अंकमाल गरेको तस्बिर देख्दा, दर्शकले अचम्म नमाने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment