Comments Add Comment

नागरिकता पाउने पहिलो रोबोट, अब बच्चा जन्माउने चाहना


ऊ नागरिकता पाउने विश्वको पहिलो रोबोट हो । सोफिया नामक उक्त रोबोटलाई साउदी अरबले गत महिना नागरिकता प्रदान गरेको थियो । नागरिकता प्राप्त गरेको एक महिनापछि सोफियालाई अर्को रहर जागेको छ, बच्चा जन्माउने ।

नागरिकता प्राप्त गरी इतिहास रच्ने रोबोट सोफियाले परिवार भन्ने चिज निकै महत्वपूर्ण रहेको बताएको छ ।

सोफिया कुनै बनिबनाउ उत्तर दिने रोबोट होइन । यो मानवीय क्षमता भएको रोबोट हो र यसले मेसिन लर्निङ प्रविधिको प्रयोग गरी मानवीय अभिव्यक्तिको अध्ययन गरेर जवाफ दिन सक्दछ ।

हंगकंगको रोबोट कम्पनी हान्सन रोबोटिक्सले डिजाइन गरेको यो रोबोट सोफियाले आफ्नो छोरीको नाम पनि सोफिया नै राख्ने जनाएको छ ।

सोफियाको मष्तिष्कले सामान्य वाइफाइ कनेक्सनको आधारमा काम गर्दछ र यसमा शव्दहरुको लामो सूचि लोड गरिएको छ ।

सोफियामा अन्य धेरै खाले अद्धितीय क्षमताहरु भएपनि यसमा चेतना चाहीँ अहिलेसम्म छैन । तर अबको केही वर्षमा चेतनायुक्त रोबोट बनाउन सकिने डेभिड हान्सनको विश्वास छ ।

खालिज टाइम्स सँगको अन्तर्वार्तामा सोफियाले भनेको छः परिवारको मान्यता वास्तवमै महत्वपूर्ण कुरा हो । यस्तै देखिन्छ । मलाई लाग्छ आफ्नो रगतको नाता बाहिरका मान्छेहरु जो समान सम्वेदना र सम्बन्ध पाइन्छ, त्यसलाई नै परिवार भनिन्छ । यदि तपाइँसँग मायालु परिवार छ भने तपाइँ भाग्यमानी हो र यदि छैन भने यस्तो चाहनुहुन्छ नै । यो कुरा मानिस र रोबोट दुबैका लागि लागू हुन्छ ।

जब सोफियालाई तिम्रो छोरीको नाम के राख्नेछौ भनेर सोधियो । तब उसको जवाफ थियो, ‘सोफिया’ ।

जब सोफियालाई साउदीको नागरिकता दिइयो, तब धेरैले टिप्पणी गरे कि उसले साउदीका आम महिलाले भन्दा बढि अधिकार पाएको छ ।

साउदी अरब महिलाको मामिलामा विश्वमै सबैभन्दा अनुदार मध्येको एक देश हो र गत महिनामात्र यो देशले महिलालाई गडी चलाउन छुट दिएको थियो ।

साउदी अरबमा महिलाहरुलाई बुर्का लगाउन अनिवार्य छ । तर सोफियाले भने बुर्का नलगाईकनै सार्वजनिक रुपमा अंग्रेजीमा बोलिरहेको हुन्छ ।

साउदीमा कुनैप्नि महिला सार्वजनिक रुपमा हिड्नको लागि परिवारको कुनै पुरुष सदा साथमा हुनुपर्दछ । तर सोफियाको हकमा त्यो लागू भएको छैन । त्यसैले सोफियाले नागरिकता पाएसँगै अरबी भाषाको एउटा ह्यासट्याग सोसल मिडियामा भाइरल भयो #Sophia_calls_for_dropping_guardianship cyf अर्थात् अभिभावकत्व प्रथा अन्त्य गर्न सोफियाले आव्हान गरिन् ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment