Comments Add Comment

वामपन्थीलाई मत दिँदा पुर्पुरोमा हात लाउनु पर्दैनः माधव नेपाल

फाइल तस्वीर

१२ मंसिर, काठमाडौं । नेकपा एमालेका बरिष्ट नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वामपन्थीलाई मत दिँदा पुर्पुरोमा हात लाउनु नपर्ने बताएका छन् ।

काठमाडौं क्षेत्र नं.१ को वानेश्वर चोकमा वामपन्थी गठबन्धनले आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेता नेपालले भने, ‘वामपन्थीका उम्मेदवारहरुलाई भोट दिनुहोस्,वामपन्थीलाई भोट दिँदा तपाईहरुलाई पुर्पुरोमा हात लगाउनुपर्ने छैन ।’

काठमाडौं क्षेत्र नं. २ का उम्मेदवार समेत रहेका नेता नेपालले माओवादी-एमाले गठबन्धन सफल हुँदैन भन्दै भ्रम फैलाएको भन्दै देशैभर कार्यकर्ताहरु एक भएर चुनावमा लागेको बताए ।

गठबन्धनबाट आत्तिएकाहरुले आफूलाई कांग्रेससँग गोप्य सहमति गरेको भ्रम फैलाएको भन्दै नेता नेपालले वामपन्थीले जिते मात्रै जनताका समस्या समाधान हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment