Comments Add Comment

आयल निगम जग्गा खरिद प्रकरणः ८० भन्दा बढीसँग अख्तियारले वयान लियो

१३ मंसिर, काठमाडौं । नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत अध्ययन गरिरहेको छ । स्रोतका अनुसार जग्गा खरिदमा संलग्न ८० भन्दा बढीसँग अख्तियारले बयान लिइसकेको छ ।

निगमको जग्गा खरिदमा संलग्न जग्गाधनी, बिचौलिया, टेन्डरदाता तथा स्थानीय निकाय (हालको स्थानीय तह) का कर्मचारी लगायतसँग वयान चलिरहेको स्रोतले बताएको छ ।

हालसम्म करीब ५० जग्गाधनीसँग बयान सकिएको स्रोतको दाबी छ ।

त्यस्तै, जग्गा खरिदमा संलग्न अन्य एजेन्ट, सरकारी कर्मचारी लगायतसँग पनि वयान चलिरहेको छ । जग्गाधनी, स्थानीय कर्मचारी, बिचौलिया लगायतसँग वयान सकिएपछि निगमका कर्मचारीहरूसँग पनि वयान गरिने स्रोतले बतायो ।

जग्गा खरिद प्रकरणमा ठूलो अनियमितता भएको आवाज उठेपछि करिब डेढ महिनाअघि अख्तियारको टोलीले जग्गा खरिद गरिएका झापा, सर्लाही, चितवन र रुपन्देहीका सम्बन्धित क्षेत्रको स्थलगत अवलोकन गरेर फर्केको थियो ।

अख्तियार टोलीले ती क्षेत्रको एक साता अवलोकन गरेको थियो ।

स्रोतका अनुसार जग्गा खरिदमा कतिपय स्थानमा आयल निगमले सिधै जग्गा खरिद गरेको देखिएको छ । त्यस्तै, कतिपय स्थानमा बिचौलियामार्फत् र कतिपय स्थानमा जग्गाधनी, बिचौलिया र ठेकेदारमार्फत निगमले जग्गा खरिद गरेको छ ।

अख्तियारले जग्गा खरिद गर्दा वास्तविक जग्गाधनीले पाएको मूल्य, बिचौलिया र टेन्डरदाताले जग्गाधनीलाई भुक्तानी गरेको रकम र जग्गा खरिदका दशी, प्रमाण र कागजातको पनि विस्तृत अनुसन्धान गरिरहेको छ ।

कतिपय स्थानमा वास्तविक जग्गाधनीलाई कम रकम दिएर कागजमा धेरै देखाइएको प्रमाणहरू पनि देखिएको स्रोतको दाबी छ ।

यो पनि पढ्नुस्

रोहिणीखोलामा आयल निगमको २० करोड डुब्यो, ‘अख्तियारका सम्धी’लाई कसले समाउने ?

आयल निगमको अनियमितताः झापामा २३ करोड पर्ने जग्गा ५३ करोडमा किनियो

पेट्रोलको गन्धले ‘नपुंशक भइएला’ भन्दै ३३ करोड घोटाला

आयल निगम जग्गा खरिद प्रकरणः कागज मिलाएर भयो घोटाला

आयल निगमले झापामा किनेको जग्गा रेलमार्गको रुट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment