Comments Add Comment

रविन्द्र मिश्रले भने- जित पक्का भइसक्यो, मतान्तर कति भन्ने प्रश्न मात्र बाँकी छ

१३ मंसिर, काठमाडौं । विवेकशील साझा पार्टीका काठमाडौंमा १ का उम्मेदवार रविन्द्र मिश्रले आफ्नो जित सुनिश्चित भइसकेको दाबी गरेका छन् ।

काठमाडौं १ मा मिश्रसँगै कांग्रेसका प्रकाशमान सिंह र वाम गठबन्धनका अनिल शर्मा उम्मेदवार छन् । सिंह र शर्माले पनि आफू जित्ने दाबी गरेका छन् ।

बुधबार बबलमहल क्षेत्रमा घरदैलो गरेका विवेकशील साझाका उम्मेदवार मिश्रले बाटोबाटो गल्लीगल्लीमा मतदाताले देखाएको उत्साहले जित पक्का भएको बताए । जितप्रति आफू ढुक्क रहेको भन्दै उनले भने, ‘हामी जित्छौं भन्नेमा ढुक्क भइसक्यौं, मतान्तर कति ठूलो हुन्छ भन्ने प्रश्न मात्र बाँकी हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment