Comments Add Comment

नेप्सेमा दोहोरो अंकको सुधार


१३ मंसिर, काठमाडौं । बुधवार सेयर बजार २२ अंकसम्म बढेपनि पद्धि वृद्धिदर खुम्चिएर १५३६ विन्दुमा आइपुगेको छ । अघिल्लो दिनको तुलनामा बजार बन्द हुँदा नेप्से परिसूचक १२.२६ प्रतिशतले बढेको हो ।

मंगलवार नेप्से १५२३ विन्दुमा रहेको थियो । गत कात्तिक १३ गतेयता डबल बटम बनाएको नेप्सेमा यो ब्रेक इभन विन्दुको रुपमा देखिएको थियो । डलब बटम अर्थात अंग्रजी अक्षरको डब्लु आकृती बनाएपनि परिसूचक वा मूल्य सूचक बढ्ने विश्लेषण गरिन्छ । आकृति बनाउन शुरु बिन्दु १५२३ मा नै मंगलवार नेप्से अड्एिकोले बुधवार बजार बढ्ने अपेक्षामा समेत लगानीकर्ता रहेका थिए ।

यद्यपी कतिपयले भने बजार बढेको समयमा मुनाफा सुरक्षित समेत गरिरहेका थिए । बैंकिङ प्रणालीमा तरल पूँजीको दबाब कायम रहेको र बजार सुधारलाई सहयोग पुग्ने खबर नआएकोले पनि बुधवारको कारोबारबाट नेप्सेको दिशा स्पष्ट नहुने सरोकारवालाहरुले बताएका छन् ।

यसदिन सेयर कारोबार रकम १ अर्ब रुपैयाँ पुगेको छ । उत्पादन मूलक समूहको बाहेक अन्य सबै समूहको परिसूचक पनि वृद्धि भएको छ । मुख्य कमाइ हुने सेयरको सूचीमा लघुवित्त कम्पनी, जलविद्युत् र बीमा कम्पनी नै अग्रस्थानमा रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment