Comments Add Comment

आरजू देउवा भन्छिन्- अब डडेल्धुरामा अर्को घर बनाउँछु

बैंकबाट ऋण पाइन्छ, घर किन्न किन नहुने ?

१४ मंसिर, धनगढी । नेपाली कांग्रेसकी नेतृ आरजू देउवाले राणा कैलाली क्षेत्र नम्बर ५ बाट चुनावी प्रतिस्पर्धा गरिरहेकी छिन् । उनले हालै धनगढीमा खरिद गरेको भनिएको घरका विषयमा पूर्वप्रधानमन्त्री केपी ओलीले समेत ‘एकझोला पैसाले घर किनेको’ भन्दै कटाक्ष गरेका छन् ।

प्रधानमन्त्री पत्नी आरजूलाई अनलाइनखबरले धनगढीस्थित उनकै नयाँ घरमा पुगेर घर खरिद प्रकरण र यसको आर्थिक स्रोतबारे प्रश्न सोध्यो ।

जवाफमा आरजूले अब डडेल्धुरामा पनि अर्को घर बनाउने र जमेर राजनीति गर्ने बताइन् ।

घर खरिदबारे आरजूलाई अनलाइनखबरले सोध्यो- तपाईंले धनगढीमा घर किन्नुभएको कुरालाई विपक्षीले ठूलै मुद्दा बनाएका छन्, वास्तविकता के हो ?

जवाफमा आरजूले भनिन्- ‘घरै किन्न नहुने के छ र ? बैंकमा ऋण उपलब्ध नै छ । म आफन्तको घरमा बसेर उनीहरुको जीवन डिस्टर्ब गरौं ? बिहानै पाँच सय कप चिया खुवाउँछु । आफन्तजनलाई बिहानै पाँच सय कप बनाउन लगाएर दुःख किन दिने ?’

सुरुमा आफूले भाडामा घर खाजेको तर चित्तबुझ्दो नपाएको आरजूले बताएन् । उनले अगाडि भनिन्- ‘मैले भाडाको घर खोजेकी थिएँ । तर, चित्तबुझ्दो घर पाइनँ । होटेलमा बसेर चुनाव प्रचार गर्ने कुरा पनि भएन ।’

कांग्रेस नेतृ आरजूले घर खरिदका लागि बैंकसँग ऋणको प्रक्रिया अघि बढिसकेको तर लेनदेन हुन बाँकी नै रहेको स्पष्टीकरण दिइन् । राणाले अनलाइनखबरसँग भनिन्- ‘सेञ्चुरी बैंकबाट ऋणको प्रक्रिया अगाडि बढाएकी छु । नेगोसिएसनकै चरणमा छ । किन्ने निर्णय भने भइसकेको छ, किनिसकेकी छैन ।’

उसोभए चुनाव हारियो भने यो घर अर्कैलाई बेच्ने कि आफैं राख्ने ? अनलाइनखबरको यो प्रश्नमा शेरबहादुर देउवाकी धर्मपत्नी आरजूले भनिन्- ‘मेरा श्रीमानको घर डडेल्धुरामै छ । मेरो निर्वाचन क्षेत्र पनि अब यही हो । किन बिक्री गर्छु म यो घर ? अब त डडेल्धुरामा पनि अर्को घर बनाउँछु । म त लङटर्म राजनीति गर्ने हो । अब १५ वर्षको राजनीतिक करिअर म कसरी बिगार्न सक्छु ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment