Comments Add Comment

झापा पुगेर ओलीले भने–एमालेले म्याच फिक्सिङ गर्दैन

१४ कात्तिक, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा ३ मा एमालेले म्याच फिक्सिङ नगर्ने बताएका छन् ।

एमाले–माओवादीको वाम गठबन्धनले झापा ३ मा राप्रपाका राजेन्द्र लिङ्देनलाई सर्मथन गरेको छ । कांग्रेसका कृष्ण सिटौला चुनावी मैदानमा छन् ।

तर, झापा ३ मा पछिल्लो पटक सिटौलालाई जिताउन म्याच फिक्सिङ भएको चर्चा छ ।

राप्रपाको पहलमा बिहीबार भद्रपुरमा आयोजित चुनावी सभामा एमाले अध्यक्ष ओलीले दुई वटा अंग्रेजी शब्द मिसाएर जनतालाई भ्रममा पार्ने कोसिस भएको बताए । ‘एमाले जे गर्नुछ, त्यही गर्छु भन्छ’ उनले भने, ‘मैदानमा खेलाडी पठाउने तर, म्याच फिक्सिङ गर्ने काम अरु पार्टीले सोच्ला एमालेले सोच्दैन ।’

उनले गठबन्धनकारी दल माओवादी केन्द्रलाई पनि म्याच फिक्सिङ नगर्न आग्रह गरेका छन् ।

कांग्रेसले धोका दिएपछि झापा ३ मा वाम गठबन्धनले राप्रपालाई समर्थन गरेको भन्दै उनले लिङ्देन साझा उम्मेदवार भएको बताए । एमाले र माओवादीको समर्थन हुँदा हुँदै लिङ्देन पराजित भए एमालेलाई लाज हुने उनले बताए ।

राप्रपालाई राष्ट्रिय पार्टी हुन नदिने षड्यन्त्र भएकाले पनि आफूहरुले समर्थन गरेको उनको दाबी छ ।

हिजो जसले प्रधानमन्त्रीको अधिकार राजाको पाउमा उढाए, उनीहरुले कम्युनिष्टले जिते अधिनायकवाद आउँछ भन्दै भ्रम फैलाएको एमाले अध्यक्ष ओलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment