Comments Add Comment

रुकुम पश्चिमका दुई केन्द्रमा आज पुनः मतदान

१५ मंसिर, रुकुम । पश्चिम रुकुमका बाँफीकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाका एक-एक मतदान केन्द्रमा आज पुनः मतदान हुँदैछ ।

१० मंसिरमा भएको पहिलो चरणको निर्वाचनका क्रममा मतपेटिकामा एसिड हालिदिँदा मतपत्र जलेपछि स्थगित भएका केन्द्रमा पुनः मतदान हुन लागेको हो ।

बाँफीकोट गाउँपालिका- ५ को रत्न आधारभूत विद्यालय काँडाको (क) मतदान केन्द्रमा प्रतिनिधिसभा सदस्यको र आठबिसकोट नगरपालिका-११ को नेपाल राष्ट्रिय मावि गतसैनाको (ख) मतदान केन्द्रमा समानुपातिकतर्फको मतदान हुने मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले जानकारी दिए ।

बाँफीकोटको मतदान केन्द्रको मतपेटिकामा २४६ मत र आठबिसकोटको मतपेटिकामा ३०३ मत खसेका बेला मतपेटिकामा आगो देखिएपछि पानी हालेर निभाइएको थियो । एसिड हालेको आशंकामा प्रहरीले बाँफीकोटबाट कल्पना केसी र आठबिसकोटबाट केशव खड्कालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

खड्का कांग्रेस कार्यकर्ता हुन् । उनी मतदान केन्द्रमा कांग्रेसको प्रतिनिधिको रुपमा खटिएका थिए ।

आफ्ना कार्यकर्तालाई विना कारण फसाइएको भन्दै नेपाली कांग्रेसले तत्काल रिहा गर्न माग गर्दै आएको छ । मतदानका विषयमा शुक्रबार छलफल गर्न बोलाइएको सर्वदलीय बैठकमा समेत कांग्रेस सहभागी भएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment