Comments Add Comment

तानाशाहको पत्नीप्रति यति घृणा किन ?

एक तानाशाहसँग विवाह गर्ने महिलालाई दुई चीज भरपुर पाउँछिन्-ऐशआरामले भरिएको जिन्दजी र घृणा ।

यस्ता महिलाहरु लोकतन्त्रको हत्या गर्ने यस्तो व्यक्तिको साथमा देखिन्छन्, जसले देशको अवस्था मात्र विगारेको हुँदैन, राजनीतिक विरोधीलाई मार्ने वा भग्न बाध्य बनाएको आरोप पनि लागेको हुन्छ । यो प्रष्ट छ कि तानाशाहसँग बिहे गर्ने महिलाहरुले आम मानिसको आक्रोस झेल्नुपर्छ । तर, प्रश्न यो पनि उठ्छ कि के उनीहरुले महिला भएका कारण धेरै आक्रोस झेल्नुपर्छ ?

ग्रेसले मुगाबेको दिमाग भ्रष्ट बनाए !

पछिल्लो सातासम्म जिम्बाब्वेकी प्रथम महिला रहेकी ग्रेस मुगाबे शायद अफि्रकाकी सबैभन्दा धेरै मन नपराएकी मपशला हुन् ।

उनका पतिले ३७ वर्षसम्म जिम्बाब्वेमा शासन गरे । उनको गद्दी गयो, जब उनले ग्रेसलाई आफ्नो विरासत सुम्पने प्रयास गरे ।

यसका लागि ग्रेसलाई जिम्मेवार मानिएको छ ।

रोबर्ट मुगाबे निकै लोकपि्रय नेता होइनन् । जिम्बाब्वेका थुप्रै मानिसहरुले उनको सरकारसँग थुप्रै असन्तुष्टि व्यक्त गरेका छन् । तर, पनि यसलाई लिएर मुगाबेको सम्मान गरिन्छ कि उनले स्वतन्त्रताको लडाइँ लडेका थिए । मानिसहरुलाई लाग्छ कि ग्रेसले रोबर्टको दिमागलाई भ्रष्ट बनाए ।

लण्डनको किङ्ग्स कलेजका प्राध्यापक डा. एलिस इवांस भन्छन्, यो कन्फर्मेसन बायसको मामिला हो । कन्फर्मेसन बायस अर्थात त्यो स्थिति, जसमा मानिस त्यही देख्छ, जो उनीहरु देख्न चाहन्छन् । हरेक जानकारी, हरेक तथ्यको त्यसरी नै ब्याख्या गरिन्छ, जसमा उनीहरुको पहिल्यै धारणा बनेको हुन्छ ।

‘यो आफ्नो धारणा बचाई राख्ने कोशिश हो । यदि हामीले मुगाबेलाई हिरो मान्यौं भने हाम्रो प्रयास हुनेछ कि उनीबारे आएको नाकारात्मक जानकारी कोही अरुको टाउकोमा हालौं’ उनले भनेका छन् ।

ग्रेस, रोबर्ट मुगाबेभन्दा निकै कान्छी छन् । उनको सम्वन्ध त्यसबेला सुरु भयो, जब रोबर्टकी पहिलो पत्नी सेली हेफ्रोन निकै बिरामी थिइन् । सेली आम मानिसमा निकै लोकपि्रय थिइन्, त्यसैले यो पहिलो कुरा थियो, जुन ग्रेसविरुद्ध गयो । त्यसपछि ग्रेसले वरिष्ठ नेताहरुविरुद्ध खुलेर वक्तव्य दिन थालिन् र उनीहरुको अपमान गरेको मानिसहरुले मन परेन ।

तर, मानिसहरुले यो बिर्सिए कि १९८० मा जब जिम्बाब्वे स्वतन्त्र भयो र मुगाबे प्रधानमन्त्री बने, ग्रेस मात्र १५ वर्षकी थिइन् । १९८३ मा जब सुरक्षा बलमाथि हजारौं मानिसको हत्या गरेको र महिलाहरुको बलात्कार गरेको आरोप लाग्यो, त्यसबेला पनि ग्रेसको उमेर त्यो थिएन कि कसैको राय बदल्न सकोस् ।

ग्रेसको ऐशाआरामले भरिएको जिन्दगी अर्को मुद्दा हो । चर्चित लग्जरी फेसन ब्रा गूमीको ना ममा उनलाई गूची ग्रेस पनि भनिन्छ । यो पहिलो पटक पनि भएको होइन कि कुनै महिलाको महंगो शौखमाथि उक्त व्यक्तिको बर्बरताभन्दा बढी कुरा हुन्छ, जसले त्यो ऐशाआरामलाई पैसा पनि दिएको छ ।

मानिसहरुलाई यो सम्झना रहन्छ कि दुई दशकभन्दा बढी समयसम्म फिलिपिन्सको प्रमथ महिला रहेकी इमेल्दा मार्कोससँग एक हजार भन्दा बढी जोडी जुत्ता थियो । तर, यो भुल्छन् कि १९८६ मा यो यति ठूलो मुद्दा किन थियो । फर्डिनान्ड मार्कोसलाई त्यसबेला सत्ताबाट हटाइयो, जब फिलिपिन्सका कयौं मानिस गरीबीका कारण नाङ्गै खुट्टा हिड्न बाध्य थिए ।

१०६५ देखि ८९ सम्म रोमानियामा शासन गरेका निकोलाय चाउसेस्कोकी पत्नी इलिना जनवरको रौंबाट बनेको कोट लगाएका कारण चर्चित थिइन् ।

यस्तो के हुन्छ कि तानाशाहकी पत्नीको कपडा उनका पतिको कामभन्दा धेरै चर्चित हुन्छ । यसको सिधा कारण छ कि जब उनको देशका जनता भोकाइरहेका हुन्छन्, उनीहरु अग्लो हिल र महंगा कपडा लगाएर घुमिरहेका हुन्छन् ।

इवान्स भन्छन् कि उनीहरुको गल्ती नजरमा पर्छ । जबकी उरकार, पार्टी अधिकारी र सुरक्षा अधिकारीको सबै काम बन्द कोठाभित्र लुकेको हुन्छ ।

केन्याकी पूर्व प्रथम महिला लुसी किबाकी राजनीतिज्ञ र पत्रकारसँग असन्तुष्ट भएका कारण बदनाम थिइन् । उनको आरोप छ कि अधिकारी र पत्रकारले उनको सम्मान गरेनन् ।

एक पटक लुुसी आधा रातमा ट्राक सुट लगाएर आफ्नो छिमेकीको पार्टीमा पुगिन् र संगीतको आवाज कम गर्न भनिन् । राष्ट्रपतिलाई सोधियो कि यदि आफ्नो पत्नीलाई सम्हाल्न सक्दैनौं भने देश कसरी सम्हाल्छौं ?

क्याथोलिक धर्ममा ईसा मसीहकी आमा मेरीलाई भगवान र मानिसको बीचको कडी मानिन्छ । धार्मिक मानिस मान्छन् कि मदर मेरीको हस्तक्षेपले उनीहरुलाई माफी मिल्न सक्छ ।

तानाशाहका पत्नीहरुसँग पनि यस्तै अपेक्षा हुन्छ । तर, जब यस्तो हुँदैन, तब हामी महिललाई दोष दिन्छौं । एग्जेटर विश्वविद्यालयका रिर्सज फेलो डा. थेकला मार्गनरोथका अनुसार कुनै पनि महिला क्रुस हुन आश्चर्यको कुरा हो । ‘रिसर्चले प्रमाणित भएको छ कि हामी महिलाबाट धेरै नैतिकता, दया र राम्रो मानिस भएको अपेक्षा गर्छौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment