सोमबार, २५ मंसिर, २०७४
OnlineKhabar.com

प्रचण्ड र माधव नेपालको मायाप्रेम !

अनलाइनखबर

१६ मंसिर, काठमाडौं । पहिलो संविधानसभामा एमाले नेता माधव नेपाल दुई ठाउँबाट हारेका थिए । तर, उनको आवश्यकता संविधानसभामा महसुस गरेर माओवादी अध्यक्ष प्रचण्डकै पहलमा सभासदमात्रै बनाइएन, गणतन्त्र नेपालको दोस्रो प्रधानमन्त्रीसमेत बनाइयो ।

राजनीतिक यात्रामा स्थायी शत्रु र मित्र हुँदैनन् भन्ने एउटा उदाहरणसमेत हुन् प्रचण्ड र माधव नेपाल । शनिबार काठमाडौंको जडिबुटीमा आयोजित माधव नेपालको घरदैलोमा प्रचण्ड र नेपालले कुम जोडेको दृश्य यसैको प्रमाण हो ।

उसबेला माधव नेपाल नेतृत्वको सरकार ढाल्न प्रचण्डले देशभरबाट कार्यकर्ता राजधानी उतारेर आन्दोलन गरे । अहिले तिनै प्रचण्ड फेरि माधव नेपाललाई सांसद बनाउन कम्मर कसेर लागेका छन् । र, उनी यसैका लागि आफ्नो निर्वाचन क्षेत्र चितवन ३ बाट त्यसैका लागि काठमाडौं आएका छन् ।

काठमाडौं क्षेत्र नम्बर २ मा एमाले नेता माधव नेपाल प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार छन् । प्रचण्ड शनिबार बिहान नेपाललाई भोट माग्दै घरदैलो कार्यक्रममा सहभागी भए । घरदैलो कार्यक्रममा प्रचण्ड र माधवको मायाप्रेम लोभलाग्दो देखियो ।

विगतका राजनीतिक उतार-चढावलाई बिर्सेर अहिले एमाले र माओवादी मिलेर चुनाव लडेका छन् । एमाले नेताहरुको चुनाव प्रचारमा माओवादी र माओवादी नेताहरुको चुनाव प्रचारमा एमालेको टोली खटिएको छ । यो वाम गठबन्धनलाई अब पार्टी एकतासम्म पुर्‍याउने दुबै दलका नेताहरुले बताउँदै आएका छन् ।

 

 

२०७४ मंसिर १६ गते १३:०३ मा प्रकाशित (२०७४ मंसिर १७ गते ९:०५मा अद्यावधिक गरिएको)

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

३ प्रतिकृयाहरू प्राप्त
  • Bimala लेख्नुहुन्छ    |   २०७४ मंसिर १६ गते १३:५२

    यी सबै खुरापातीहरु हुन् मुख मात्र हो यीनीहरु फटाहाहरु हुन्

    7
    3
    Share

  • R_R लेख्नुहुन्छ    |   २०७४ मंसिर १६ गते १४:०५

    aba parsi 18 gate samma kum jodne gaala jodne kk garne garnai paryoni…21 gate pachhi chunabi natija aauna thale pachhi euta ek tira arko arkai tira munto farkaara thuskera hidnunai chha. maha naatak ko antim antim episode ma ta ali badinai khurak dinai paryoni laata murkha jantalai…ki kaso??

    4
    3
    Share

  • Navin लेख्नुहुन्छ    |   २०७४ मंसिर १६ गते १५:४२

    Ab Makunele pani 17 Thousand Nepaliharuko Maranko Jabaf Dinu Parne Bhayo ?

    5
    4
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this