Comments Add Comment

पित्तल नासो दिई, सुन खोज्न आयौ ?

गजल

औंशीको रातमा जुन खोज्न आयौ ?
काँडा रोपिथ्यौ, फूल खोज्न आयौ ?

ठक्कर नै ठक्करबाट सिकिसकेपछि
अब फेरि अर्को, भुल खोज्न आयौ ?

मीठोमै भुलिने तिमी चिनी कमिला
रुपरंगै नबदली, नुन खोज्न आयौ ?

अठयाँइरह्यौ घाँटी प्रेम र इमानको
निरमोही निष्ठुरी, गुन खोज्न आयौ ?

मायाका नाममा विश्वास घात लपेटेर
पित्तल नासो दिई, सुन खोज्न आयौ ?

रविन्द्र घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment