Comments Add Comment

मुक्तक चौतारी विमोचन

काठमाडौं । सत्तरी जना मुक्तककारले लेखेको पुस्तक संग्रह ‘मुक्तक चौतारी’ काठमाडौमा आयोजित एक कार्यक्रममा विमोचन गरिएको छ ।

थापागाउँस्थित साहित्यिक घर लेखन कुन्जमा सम्पन्न कार्यक्रम गजलकार ज्ञानुवाकर पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

कार्यक्रममा रमेश पौडेल, विजयध्वज थापा, कमल ढकाल, प्राज्ञ वियोग बुढाथोकी, डाक्टर रेनुका थापा, राधेश्याम लेकाली र रुऽ अधिकारीले कृतिको संयुक्त विमोचन गरेका थिए । कार्यक्रममा ३८ जना मुक्तककारले मुक्तक वाचन समेत गरेका थिए ।

मुक्तक चौतारी नेपाल प्रकाशक रहेको सो कृतिको सम्पादक रुद्र गिरी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment