Comments Add Comment

समुन्द्री किनारमा साम्राज्ञीको विकिनी पोज

नेपाली अभिनेत्रीहरुको साझा प्रवृत्ति हो, विदेशमा पुगेपछि आफुलाई मजाले एक्सोपोज गर्ने । सिनेमामा खासै भड्किलो पहिरन नलगाउने अभिनेत्री समेत विदेशको समुन्द्री तटमा विकिनीमा ठाँटिएर फोटो खिचाइरहेका हुन्छन् । जस्तो कि, गरिमा पन्त ।

सिनेमामा सामान्य पहिरनमै देखिदै आएकी गरिमाको इन्स्टाग्राममा अचानक यस्तो तस्विर छायो, जसमा उनी रातो विकिनीमा देखिन्थिन् । बिवाहपछि बेल्जियम पुगेकी उनले आफुलाई एक समुन्द्री तटमा यसरी एक्सपोज गरेकी थिइन् ।

अहिले यस्तै तस्विर छाएको छ, साम्राज्ञी राज्यलक्ष्मी शाहको । कालो र सेतो पि्रन्टको विकिनीमा पोज दिइरहकी सामाग्रीको तस्विर सार्वजनिक भएको छ । कुनै समुन्द्री किनारमा उनी उन्मुक्त रमाइरहेकी देखिन्छन् । त्यही तस्विरमा निमात्री झरना थापा पनि देखिएकी छिन् ।

खबर अनुसार साम्राज्ञी आफु अभिनित फिल्म ‘ए मेरो हजुर-२’ लिएर अष्ट्रेलिया पुगेकी छिन् । फिल्म झरना थापाले बनाएकी हुन् । उनीहरु फिल्म प्रदर्शनको सिलसिलामा अष्ट्रेलिया पुगेका छन् । यो फिल्मले नेपाली हलहरुमा उत्साहजनक कारोबार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment